विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् सदस्यका लागि नाम सिफारिस गर्न आह्वान

  • Technology Khabar | १० कार्तिक २०८३, मंगलवार
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् सदस्यका लागि नाम सिफारिस गर्न आह्वान
एनओसी

काठमाडौं ।

सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आह्वान गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो।

परिषद्को उपाध्यक्षको सिफारिसमा अध्यक्षले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ, प्राज्ञ तथा उद्योग व्यवसाय क्षेत्रमा विशेष अनुभव हासिल गरेका व्यक्तिमध्येबाट सदस्य मनोनयन गर्ने व्यवस्था छ।

‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ को दफा ३ को उपदफा (१) को खण्ड (छ) अनुसार कम्तीमा दुई जना महिलासहित छ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ।

परिषद्ले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रको उन्नयन र विकासका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधार, प्राथमिकता निर्धारण, समन्वय, सहजीकरण र स्रोत परिचालनसम्बन्धी विषयमा सरकारलाई नीतिगत मार्गनिर्देशन गर्नेछ।

मन्त्रालयले सदस्यका लागि योग्य र सक्षम व्यक्तिलाई सिफारिस गर्न सम्बन्धित प्रतिष्ठित व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ। इच्छुक व्यक्तिको व्यक्तिगत विवरण (सीभी) सूचनामा उल्लेख गरिएको मितिले सात दिनभित्र मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ।

सूचनामा परिषद्को सदस्यका लागि सिफारिस गरिने व्यक्तिहरू विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा अनुभव र विशेषज्ञता हासिल गरेका हुनुपर्ने उल्लेख छ।

प्रकाशित: १० कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार