काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हायर स्मार्ट होम जोडिएको छ।
यसका लागि दुई पक्षबीच केही दिन अघि सम्झौता भएको हो।
सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ।
सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा रहने छ। सम्झौतापहायरको लोगोछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हायरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउनु एनपीएलका लागि पनि महत्त्वपूर्ण भएको बताए।
हायरका उपाध्यक्ष झाले पनि लुम्बिनी लायन्ससँगको सहकार्यले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘हायर विश्वकै अग्रणी ब्रान्डमध्ये एक हो भने लुम्बिनी लायन्स एनपिएलको अग्रणी टोली हो। यही कारण पनि हामीले यो साझेदारी गरेका हौं। नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिँदै आएको लुम्बिनी लायन्ससँग जोडिन पाउँदा हामी खुसी र उत्साहित छौं,’ उनले भने।
प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार