अब तस्बिर, भिडियो वा अडियो एआईबाट बनेको हो कि होइन सजिलै जाँच्न सकिने

  • Technology Khabar | २३ आश्विन २०८३, शुक्रबार
अब तस्बिर, भिडियो वा अडियो एआईबाट बनेको हो कि होइन सजिलै जाँच्न सकिने

काठमाडौं ।

गुगलले बिहीबारदेखि आफ्नो सिन्थआईडी डिटेक्टर उपकरण विश्वभर अंग्रेजी भाषामा सबैका लागि उपलब्ध गराएको छ। यस उपकरणमार्फत कुनै तस्बिर, भिडियो वा अडियो गुगल, ओपनएआई, एनभिडिया वा काकाओको एआई प्रयोग गरेर बनाइएको हो कि होइन पत्ता लगाउन सकिन्छ।

छिट्टै सिन्थआईडी डिटेक्टर ले एप्पलका एआई उपकरण प्रयोग गरेर बनाइएका मिडिया पनि पहिचान गर्नेछ। गुगलका अनुसार सन् २०२३ मा सिन्थआईडी सुरु गरेयता उसले १८० अर्बभन्दा बढी तस्बिर तथा भिडियो र “२ लाख ४० हजार वर्ष बराबरको अडियो सामग्री” मा सिन्थआईडी वाटरमार्क राखिसकेको छ।

सिन्थआईडीले तस्बिर, भिडियो र अडियोमा आँखाले देख्न वा कानले सुन्न नसकिने वाटरमार्क राख्छ। सिन्थआईडी डिटेक्टरले मूलतः त्यही वाटरमार्क खोज्छ। वाटरमार्क भेटिएमा उक्त मिडिया एआईबाट बनाइएको हो भन्ने जानकारी दिन्छ। यसको अवधारणा सरल छ।

जीएसएमएरिनाका अनुसार सिन्थआईडी डिटेक्टर को प्रारम्भिक संस्करण गत वर्ष केही “मिडिया व्यवसायी” का लागि उपलब्ध गराइएको थियो। यसअघि कुनै निश्चित मिडिया एआईबाट बनाइएको हो कि होइन भनेर जेमिनीलाई सोध्न पनि सकिन्थ्यो। अब भने सिन्थआईडी डिटेक्टरको वेबसाइटमा गएर सीधै जाँच गर्न सकिन्छ।

प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार