काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/०८४ को दोस्रो महिना अर्थात भदौ मसान्तसम्म नेपालमा १३ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।
भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरुबाट उक्त मूल्य बराबरका ६० हजार ९१९ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।
यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले १ करोड ७१ लाख १५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।
यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।
यीमध्ये सबैभन्दा धेरै चीनबाट ८ करोड ५८ लाख १० हजार बराबरको ३८ हजार ७४१ थान तथा भारतबाट ४ करोड १७ लाख ८० हजार बराबरको २० हजार ४७६ थान चुलो आएको छ।
यीबाहेक बंगलादेशबाट ३८ लाख ८६ हजार बराबरको १ हजार ६८० थान, कतारबाट ३ हजार बराबरको ६ थान, यूएईबाट ७ हजार बराबरको ८ थान, कोरियाबाट ५ हजार बराबरको ३ थान, सिंगापुरबाट २ हजार बराबरको १ थान तथा युगान्डाबाट १५ हजार बराबरको ३ थान विद्युतीय चुलो आएको पाइएको छ।
विवरण यस्तो छः
| क्र.सं. | देश | विवरण | रकम (हजारमा) |
| १ | चीन | ३८७४१ | ८५८१० |
| २ | भारत | २०४७६ | ४१७८० |
| ३ | बंगलादेश | १६८० | ३८८६ |
| ४ | कोरिया | ३ | ५ |
| ५ | सिङ्गापुर | १ | २ |
| ६ | कतार | ६ | ३ |
| ७ | यूगान्डा | ३ | १५ |
| ८ | यूएई | ८ | ७ |
| ९ | हङकङ | १ | ३ |
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार