के रोबोट्याक्सी मानवले चलाउने कारभन्दा सुरक्षित हुन सक्छन्?

  • Technology Khabar | १३ आश्विन २०८३, मंगलवार
के रोबोट्याक्सी मानवले चलाउने कारभन्दा सुरक्षित हुन सक्छन्?

काठमाडौं ।

रोबोट्याक्सी अर्थात् चालकविहीन ट्याक्सीले अझै पनि विवाद निम्त्याइरहेका छन्। धेरै मानिसले चालकविहीन कारमाथि पूर्ण विश्वास गर्न सकेका छैनन्।

तर वेमोको तथ्यांकले चालकविहीन कार मानवले चलाउने कारभन्दा निकै सुरक्षित हुन सक्ने देखाएको छ।

कम्पनीका अनुसार वेमोका सवारीसाधनले मानव चालकले चलाउने कारको तुलनामा चोटपटक लाग्ने घटना ८२ प्रतिशत कम गराएका छन्।

गम्भीर चोटपटक लाग्ने दुर्घटनामा भने यो कमी ९५ प्रतिशत पुगेको छ।

टेलिग्राफका अनुसार सडक प्रयोग गर्ने अन्य व्यक्तिका हकमा पनि यस्तै नतिजा देखिएको छ। पैदलयात्रीसँग सम्बन्धित चोटपटक लाग्ने घटना ९३ प्रतिशत, साइकल चालकसँग सम्बन्धित घटना ८६ प्रतिशत र मोटरसाइकल चालकसँग सम्बन्धित घटना ८२ प्रतिशत कम भएका छन्।

यद्यपि, यो तथ्यांक केही सहरमा भएका घटनामा मात्र आधारित भएकाले यसको सीमितता रहेको छ।

तर स्वतन्त्र अध्ययनहरूले पनि रोबोट्याक्सीहरू मानवले चलाउने कारको तुलनामा दुर्घटनामा पर्ने सम्भावना कम रहेको देखाएका छन्।

वेमोले थप सहरमा र विभिन्न मौसममा आफ्नो सेवा विस्तार गर्दै जाँदा यी नतिजा कायम रहन्छन् वा रहँदैनन् भन्ने विषय चासोको रहनेछ।

 

प्रकाशित: १३ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार