काठमाडौं ।
एप्पलले आईफोन, आईप्याड र म्याकमा बालबालिकाको सुरक्षाका लागि ल्याएको नयाँ सुविधाहरु समेटिएको भिडियो सार्वजनिक गरेको छ।
नयाँ सुविधाले बालबालिकाले प्रयोग गर्ने एप, गेम र अन्य सामग्रीमा अभिभावकलाई थप नियन्त्रण गर्ने छ।
एप्पलले आधिकारिक यूट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोमा चाइल्ड अकाउन्ट कसरी सक्रिय गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको छ।
पेज नियन्त्रणका लागि ‘आस्क टु ब्राउज’
टेलिग्राफका अनुसार नयाँ सुविधामा ‘आस्क टु ब्राउज’ पनि एक हो। यस मार्फत अभिभावकले सफारिमा आफ्ना बालबालिकाले निश्चित वेबसाइट खोल्न पाउने वा नपाउने भन्ने विषयमा अनुमति दिन अस्वीकार गर्न सक्नेछन्।
‘आक्स टु बाई’ मार्फत बालबालिकाले एप डाउलोड गर्न वा सामान खरिद गर्नु अघि अभिभावकको अनुमति लिनु पर्ने हुन्छ।
एप्पलले सञ्चार सुरक्षालाई पनि विस्तार गरेको छ। यसले बालबालिकाले कुराकानी गर्ने नयाँ कन्ट्याक्टहरुमा अभिभावकलाई थप नियन्त्रण गर्ने छ।
नयाँ प्याकेजमा टाइम अलाउसेन्स र सेड्युल्स पनि समावेश छन्। यी सुविधामार्फत अभिभावकले बालबालिकाको समयसीमा तथा प्रयोगको तालिका निर्धारण गर्न सक्नेछन्।
यी सबै सुरक्षा बालबालिकाको उमेर अनुसार समायोजन गर्न सकिन्छ। यी सुविधा आईओएस २७, आईप्याडओएस २७ र म्याकओएस २७ चल्ने डिभाइसमा उपलब्ध छन्।
सामाजिक सञ्जाल प्रतिवन्ध लगाउन दबाब
टेलिग्राफका अनुसार एप्पलले यस्ता सुरक्षाका उपाय ल्याएको समयमा विभिन्न देशका सरकारहरुले बालबालिका तथा किशोरकिशोरीहरुको सामाजिक संजाल प्रयोगमा नयाँ प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेका छन्।
उदाहरणका लागि, टेक्ससमा एप स्टोरमा अकाउन्ट बनाउन प्रयोगकर्ता १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ। बेलायतमा १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको सामाजिक संजालमा पहुँच सीमित गर्ने उपाय प्रस्ताव गरिएको छ।
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार