होण्डाद्वारा ‘यो दशैं, आशाको सुरुवात’ नामक आकर्षक योजना सार्वजनिक

  • Technology Khabar | ११ आश्विन २०८३, आईतवार
होण्डाद्वारा ‘यो दशैं, आशाको सुरुवात’ नामक आकर्षक योजना सार्वजनिक

काठमाडौं ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेड (पद्म ज्योति ग्रुप) ले आफ्ना ग्राहकहरुका लागि ‘यो दशैं, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ‘होण्डा छ साथ साथ’ अफर मार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरुले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। यस अन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने, होण्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

ग्राहकहरुको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्। यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, ७ वर्षको लागि निःशुल्क सर्भिसिङ वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन्।

नयाँ बाइक तथा स्कुटर खरिदलाई सहज बनाउन यस अफरमा फाइनान्स पार्टनरको रुपमा रहेको स्याकार हायर पर्चेजमार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ।

प्रकाशित: ११ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार