फेसबुकमाथि गोपनीयता उल्लङ्घन गरेको आरोप, जरिवाना तिर्नुपर्ने

  • Technology Khabar | ११ आश्विन २०८३, आईतवार
फेसबुकमाथि गोपनीयता उल्लङ्घन गरेको आरोप, जरिवाना तिर्नुपर्ने
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

न्यू मेक्सिकोस्थित एक अदालतले प्रयोगकर्ताको गोपनीयता सुरक्षाका उपायबारे भ्रम फैलाएको भन्दै फेसबुकलाई दोषी ठहर गरेको छ।

यसबारे कम्पनीले कति जरिवाना तिर्नुपर्ने हो भन्ने निर्णय अदालतले गर्ने छ। राज्यका तर्फबाट बहस गरिरहेका वकिलहरुले प्रत्येक उल्लङ्घनका लागि ५ हजार अमेरिकी डलर जरिवाना माग गरेको छन्।

टेलिग्राफका अनुसार सान्ता फेमा २ हप्तासम्म चलेको सुनुवाईमा तेस्रो पार्टिले विकास गरेको व्यक्तिगत परीक्षण सम्बन्धी डाटा उल्लंघनबारे फेसबुकले प्रयोगकर्तालाई गलत जानकारी दिएको आरोपमा आधारित थियो।

उक्त क्विजमार्फत करिब ८ करोड ७० लाख फेसबुक प्रोफाइलको डाटा संकलन गरिएको थियो। उक्त डाटा राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको थियो।

अहिले बन्द भइसकेको कम्पनीका ग्राहक मध्ये डोनाल्ड ट्रम्पको सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियान पनि गरेको थियो।

अदालतले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न फेसबुक असफल हुँदा त्यसको प्रभाव देशभरका सम्पूर्ण जनसंख्यामा परेको ठहर रहेको छ।

क्याम्ब्रिज एनालिटिका प्रकरणपछि डाटा ब्रोकर माथि भइरहेको अनुसन्धानबारे पनि फेसबुकले सर्बसाधारणलाई गलत जानकारि दिएको अदालतले जनाएको छ। यसमा कम्पनीलाई २० लाख भन्दा बढी उल्लंघनका लागि जिम्मेवार ठहर गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...