मोबाइलमार्फत हुने बैंकिङ कारोबार र रकम दुवै घट्यो

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
मोबाइलमार्फत हुने बैंकिङ कारोबार र रकम दुवै घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौँभरीमा मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकममा अघिल्लो महिनाको तुलनामा उल्लेख्य गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/२०८४ को दोस्रो महिना भदौँसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट आएको पाइएको हो।

मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम असारबाट साउन मसान्तसम्म पुग्दा ९९ अर्ब १८ करोड ३० लाख रुपैयाँले बढेर समग्रमा ६ खर्ब ९६ अर्ब ९३ करोड ८० लाख रुपैयाँ पुगेको थियो।
यसैगरी उक्त अवधिमा कारोबार सङ्ख्या ५२ लाख ७९ हजार २१८ बढेर समग्रमा ८ करोड २६ लाख ५ हजार १०४ पुगेको थियो।

तर साउन बाट भदौँ मसान्तसम्मको एक महिनामा कारोबार सङ्ख्यामा ३९ लाख ५१ हजार ३८५ ले गिरावट आएर समग्रमा भएर ७ करोड ८६ लाख ५३ हजार ७१९ मा झरेको छ।
यसैगरी कारोबार रकम भने साउन मसान्तबाट भदौँ मसान्तसम्म पुग्दा १ खर्ब १६ अर्ब ३७ करोड ६० लाखले घटेर समग्रमा ५ खर्ब ८० अर्ब ५६ करोड ३० लाखमा झरेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार