पुराना टिभी धेरै समय टिक्ने गर्थे, नयाँ टिभीहरु भने वारेन्टी सकिने बित्तिकै किन बिग्रिन्छन्? जान्नुहोस्

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
पुराना टिभी धेरै समय टिक्ने गर्थे, नयाँ टिभीहरु भने वारेन्टी सकिने बित्तिकै किन बिग्रिन्छन्? जान्नुहोस्

काठमाडौं ।

हामी सबैलाई लामो समयसम्म टिकेका पुराना टिभी याद छन् तर नयाँ टिभीहरु भने वारेन्टी सकिने बित्तिकै किन छिटो बिग्रिन्छन्? यो प्रश्न धेरैको मनमा आउन सक्छ।

आधुनिक स्मार्ट टिभीको औसत आयु करिब ६ वर्ष हुने गरेको छ भने पुराना सीआरटी मोडलहरु दुई दशकसम्म टिक्न सक्थे। दुईबीचको फरकको मुख्य कारणमा साधुरो ठाउँमा राखिएका विद्युतिय उपकरणहरुमा हुने धेरै ताप र नयाँ टिभीका पातलो शरीरभित्र राखिएका धेरै जटिल इलेक्ट्रोनिक प्रणालि हो।

पुराना टिभीमा इलेक्ट्रोनिक उपकरणहरु निकै कम हुन्थे। बिग्रिन सक्ने सम्भावित ठाउँहरु पनि कम थिए। ठुलो र चौडा आकारका कारण हावा सहज रुपमा चल्ने र ताप बाहिर निस्कने भएकाले राम्रो हुन्थो।

नयाँ एलसीडी र एलईडी टिभीमा केही मिलिमिटर मात्र बाक्लो भित्र प्रोसेसर र्याम र मदरबोर्ड जस्ता उपकरणहरु अटाउनु पर्दछ। उच्च घनत्वका कारण टिभी सञ्चालन हुँदा तापक्रम बढ्छ जसले गर्दा संवेदनशील चिपहरुमा हुने क्षतिलाई तीव्र बनाउछ।

आधुनिक टिभीहरु साना कम्युटरजस्तै काम गर्छन्। तिनमा विभिन्न अपरेटिङ सिस्टम, एप्लिकेसन र सेवाहरु ब्याकग्राउन्डमा सञ्चालन भइरहेका हुन्छन्। यी सबै हार्डवेयरलाई सफ्टवेयर निरन्तर मर्मत तथा अपडेट आवश्यक पर्दछ जसले त्रुटिगत पैदा हुने सम्भावना पनि बढाउछँ।

सफ्टवेयर सपोर्ट समाप्त हुँदैमा टिभीले काम गर्न पूर्ण रुपमा बन्द गर्छ भन्ने होइन तर नयाँ अपडेटहरु नआएपछि टिभीले महत्वपूर्ण सुविधा र एप्लिकेसनहरु गुमाउँदै जान सक्छ जसका कारण प्रयोगकर्ताका लागि यो लगभग प्रयोगविहिन बन्न सक्छ।

धुलो, कोठाको तापक्रम र प्रत्यक्ष सूर्यको प्रकाशजस्ता अन्य कारणले पनि यो टिभीको आयुमा प्रभाव पार्दछ।

पुराना टिभीहरु हरेक हिसाबले नयाँ टिभी भन्दा राम्रो थिए भन्ने होइन। आज पुरानो टिभी मर्मत गर्न पनि निकै कठिन हुन सक्छ किनकि आवश्यक स्पेयर पार्टस पाउन लगभग असम्भव हुन्छ। मर्मत खर्च १०० देखि ५०० अमेरिकी डलरसम्म पर्न सक्छ।

पुराना उपकरणहरुले नयाँ उपकरणको तुलनामा निकै बढी विद्युत खपत गर्छन् र तिनमा सीसा जस्ता हानिकारक पदार्थ पनि हुन सक्छन्। त्यसैले ती आधुनिक वातावरणीय तथा सुरक्षा मापदण्ड पूरा गर्दैनन्।

व्यवसायिक गेमरहरुले अझै पनि पुराना सीआरटी मोनिटरहरु ठूलो संख्यामा खरिद गरिरहेका छन्। यस्ता मोनिटरहरु कमान्डको प्रतिक्रिया समय निकै छिटो हुन्छ र तीव्र गतिमा हुने दृश्यमा इमेज ब्लर हुँदैन यो विशेषता नयाँ फोरके प्रविधिले समेत अहिले सम्म पूर्ण रुपमा पार गर्न सकेको छैन।-एजेन्सी

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार