काठमाडौं ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कृत्रिम बुद्धिमत्ता (एआई) का सम्भावित खतराबारे चेतावनी दिदैँ डेमोक्र्याटहरुलाई प्रविधिको व्यवस्थापनका लागि स्पष्ट नीति तथा नियम बनाउन आग्रह गरेका छन्।
एक निजी कोष संकलन कार्यक्रममा ओबामाले एआईको विकास तीव्र गतिमा भइरहेको बेला उपयुक्त नियन्त्रण संरचना स्थापना नगरिए यो प्रविधि खतरनाक हुन सक्ने बताएका छन्।
उनले हाउस डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजलाई एआई सम्बन्धि नीति निमार्णबारे सार्वजनिक बहसको नेतृत्व गर्न आग्रह गरेका छन्।
ओबामाले सन् २०२८ राष्टपतिय निर्वाचनमा उम्मेदवारहरुले एआईलाई प्रमुख चुनावी मुद्धामध्ये एक बनाउनु पर्ने सुझाव दिएका छन्। विशेषगरी एआईको सुरक्षा र आर्थिक प्रभावका विषयमा ध्यान दिनु पर्ने उनको भनाई थियो।
टेलिग्राफका अनुसार एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई कम्पनीहरुलाई मोडलहरुको क्षमता विकासको गति सुस्त बनाउन आग्रह गरेका छन्। उनको यो धारणा ओपनएआईका प्रमुख कार्यकारि अधिकृत साम अल्टम्यान र एलन मस्कले पनि समर्थन गरेका छन्।
प्रकाशित: ३० भाद्र २०८३, मंगलवार