भीभोले फ्ल्यागशिप स्मार्टफोनमा ड्यूल वाईफाई फीचर राख्न सक्ने, तिब्र गतिमा डाउनलोड हुने

  • Technology Khabar | ३ श्रावण २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ फोन मेकर र बीबीके इलेक्ट्रोनिक्सका सदस्य भीभो मोबाइल ब्राण्ड बजारमा आविश्कारीक रणनीतिहरु अबलम्बन गर्ने ब्राण्डमध्येमा पर्दछ । जसले स्मार्टफोन बजार लिन विभिन्न नयाँ फीचर र स्पेकहरु भएको स्मार्टफोन ल्याईरहेको छ ।

यो ब्राण्ड अन्य चिनियाँ ब्राण्डहरु ह्वावे वा शाओमी जस्तो लोकप्रिय छैन तर पनि कम्पनीले फूल स्क्रीन डिस्प्ले, पप अप सेल्फी क्यामरा, इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरलगायतका नयाँ आविश्कारीक फिचरहरु सार्वजनिक गरेको छ ।

अब भने भीभोले ड्यूल वाईफाई फीचर ल्याउने तयारीमा छ । अर्को ब्राण्ड ओपोपछि कम्पनीले ड्यूल वाईफाई एक्सिलरेसन नामक फीचरको घोषणा गरेको छ । यो फीचर आगामी दिनमा आउने प्रिमियम डिभाइसहरुमा समावेश हुनेछ ।

ओपोले यसअघि ओपो रेनो १० एक्स जूम स्मार्टफोनमा सो फीचर राखेको थियो तर अहिले भीभोले भने आईक्यू ब्राण्डका दुई फोनहरुमा यो फीचर ल्याएको छ ।

कम्पनीले नाम राखे जस्तै एउटा स्मार्टफोन एकै पटक दुईवटा वाईफाई कनेक्सनमा जोड्न सकिन्छ । यसको उद्धेश्य भनेको उत्कृष्ट ब्याण्डविथ र स्थीर कनेक्सन बनाउनु रहेकोछ ।

कम्पनीले रिलिज गरेको भिडियोमा एउटा स्मार्टफोन मूख्यरुपमा २.४ गीगाहर्ज ब्याण्डमा र अर्को ५ गीगाहर्ज ब्याण्डमा कनेक्ट भएको देख्न सकिन्छ । ड्यूल वाईफाई कनेक्सनले सामान्य वाईफाई कनेक्सन भन्दा ३२२ प्रतिशत डाउनलोड स्पीड दिन्छ जबकी पेज लोडिंग स्पीड ४४.५ प्रतिशत रहेको छ ।

यो फीचर भीभोले कहिले र कुन मोडलमा लन्च गर्नेछ भन्ने कुनै स्पष्ट जानकारी छैन् । तर भीभोले यो फीचर ल्याएमा ओपो र वनप्लसले पनि यो फीचर राख्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया