सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत, सूचना प्रविधि क्षेत्रमा सरकारको नयाँ कदम

  • Technology Khabar | ४ भाद्र २०८३, बिहीबार
सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत, सूचना प्रविधि क्षेत्रमा सरकारको नयाँ कदम

काठमाडौं ।

सरकारले सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्दै ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त आदेश स्वीकृत गरेको हो।

सरकारको पछिल्लो निर्णयले सरकारी निकायमा सफ्टवेयर विकास, सञ्चालन तथा सूचना प्रविधिसम्बन्धी प्रणाली व्यवस्थापनलाई थप व्यवस्थित गर्ने दिशामा कदम चालिएको संकेत गरेको छ।

मन्त्रिपरिषद्को निर्णयमा समितिको कार्यक्षेत्र, संरचना तथा जिम्मेवारीबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि, सरकारले पछिल्लो समय सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको अवस्थामा सफ्टवेयर विकास तथा सञ्चालनसम्बन्धी छुट्टै संरचनाको गठनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: ४ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार