अमेरिकाले आफ्ना कम्पनीहरुलाई २ सातापछि लाइसेन्स दिने, ह्वावेलाई उत्पादन तथा सेवा बेच्न सकिने

  • Technology Khabar | ३० असार २०७६, सोमबार
अमेरिकाले आफ्ना कम्पनीहरुलाई २ सातापछि लाइसेन्स दिने, ह्वावेलाई उत्पादन तथा सेवा बेच्न सकिने

काठमाडौं ।

काठमाडौं । अमेरिकाले ह्वावेलाई पुनः आफ्ना उत्पादनहरु तथा सेवाहरु बेच्न सकिने लाइसेन्सको अनुमति दुई साताभित्रै दिनसक्ने बताईएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीलाई लगाईएको प्रतिबन्धलाई सहजिकरण गर्ने उद्धेश्यले सो अनुमति ल्याईन लागेको रोयटर्सको रिपोर्टमा बताईएको छ ।

विश्वको सबैभन्दा ठूलो टेलिकम्यूनिकेसन्स इक्यूपमेन्ट निर्माता कम्पनी ह्वावेलाई कमर्श डिपार्टमेन्टले गएको मे महिनामा अमेरिकामा प्रतिबन्धित सूचीमा समावेश गरेको थियो, जसलाई अमेरिकामा निर्मित सामाग्री तथा सेवाहरु प्रयोगमा प्रतिबन्ध लगाईएको थियो ।

तर चीप मेकर कम्पनीहरुको दबाब, चिनियाँ राजनैतिक दबाबका कारण ट्रम्पले नयाँ बाटो ल्याएको थिए ।

सो लाइसेन्सका लागि केहि अमेरिकी कम्पनीहरुले छिटै आवेदन दिने बताईएको छ । जसमध्ये एउटा कस्टमर रेस्पोन्स म्यानेजमेन्ट कम्पनी र अर्को ह्वावेका लागि क्रस सेक्सनल राडार सिमुलेट गर्ने फर्म रहेको छ ।

सन् २०१८ मा ह्वावेले विभिन्न कम्पोनेन्ट खरिद गर्न गरेको खर्च ७० बिलियन डलरमध्ये करिब ११ बिलियन अमेरिकी डलर अमेरिकी फर्महरुमा गएको थियो, जसमा क्वालकम, इन्टेल र माइक्रोन टेक्नोलोजीलगायत थिए ।

नयाँ नियमपछि अमेरिकी कम्पनीहरुले हालको नेटवर्कमा व्यवस्थापन भईरहेका सफ्टवेयर अपडेटहरु ह्वावेका ह्याण्डसेटहरुमा उपलब्ध गराउन सक्नेछन तर अमेरिकामा बनेका नयाँ वस्तु तथा सेवाहरु बिक्री गर्न नपाईने रिपोर्टमा उल्लेख छ । रोयटर्सबाट

प्रकाशित: ३० असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार