सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी एआई र नयाँ इकोसिस्टमसहितको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज 

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी एआई र नयाँ इकोसिस्टमसहितको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज 

काठमाडौं ।

सामसङ नेपालले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको छ। यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझ स्मार्ट ओनरशिप यात्रा प्रस्तुत गरेको छ।

कम्पनीकाअनुसार, ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, र ग्यालेक्सी जेड फोल्ड ८ का ठूला डिस्प्लेले एआईलाई विभिन्न काम गर्न अझ ठूलो कार्यस्थल उपलब्ध गराउँछन्, जसले प्रयोगकर्तालाई बारम्बार एप परिवर्तन नगरी समीक्षा, तुलना, सिर्जना तथा आवश्यक एक्शन लिन सहज बनाउँछ।

ग्यालेक्सी जेड फ्लिप ८ ले कम्प्याक्ट फर्म फ्याक्टोमा छिटो एआई अन्तरक्रिया र रचनात्मक अभिव्यक्तिको अनुभव प्रदान गर्छ भने नयाँ ग्यालेक्सी वाच लाइनअपले कनेक्तेड स्वास्थ्य तथा वेलनेस एक्सपिरिएन्सलाई विस्तार गर्छ।

यस लन्च मार्फत सामसङ नेपाललले उपभोक्ताहरूलाई प्रिमियम प्रविधिको अनुभव गराउने तरिकामा व्यापक परिवर्तनलाई पनि संकेत गर्छ। लन्च मूल्यमा मात्र केन्द्रित हुनुको सट्टा, सामसङले सुलभता, पहुँचयोग्यता र दिगोपनालाई केन्द्रमा राख्दै कनेक्टेड ओनरशिप इकोसिस्टम निर्माण गरिरहेको उल्लेख छ।

ग्यालेक्सी जेड फोल्ड ८ सिरिज किन्नका लागि एचएफएलले ४० प्रतिशत डाउन पेमेन्टसहित २४ महिनाको ईएमआई सुविधा उपलब्ध गराउनेछ। साथै, योग्य उच्चस्तरीय ग्राहकहरूका लागि ईएमआई अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको कार्यक्रममा जानकारी दिईयो।

यससँगै, ट्रेड–इन बोनसले सुरुवाती आर्थिक भार कम गर्न मद्दत गर्नेछ भने कनेक्टिभिटी सुविधा र योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको नगद फिर्ताले स्वामित्व यात्राभरि थप मूल्य प्रदान गर्नेछ।

यस्तै, पहिलो खरिदकर्तापछि पनि मूल्यलाई सुरक्षित राख्दै ट्रेड–इनका लागि योग्य उपकरणहरूलाई एपकुडो (Apkudo) र स्थानीय साझेदारहरूको सहकार्यमा व्यवस्थित रूपमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गर्न सकिने जानकारी दिईयो। यसले उपयुक्त अवस्थामा पुराना उपकरणलाई पुनः मर्मत गरी पुनः प्रयोगमा ल्याउन सकिने कम्पनीको दाबी छ।

“यसले ग्राहकलाई आफ्नो पुरानो उपकरणबाट उचित मूल्य प्राप्त गर्न सहयोग गर्नुका साथै उपकरणको आयु बढाउने, विश्वसनीय पुनःप्रयोग बजार विकास गर्ने र ई-वेष्ट घटाउने दिशामा योगदान पुर्याउँछ,” सामसङ नेपालले भनेको छ।

नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत हाम्रो उद्देश्य नेपालमा प्रिमियम प्रविधि भित्र्याउनु मात्र नभई सम्पूर्ण स्वामित्व यात्रालाई अझ स्मार्ट बनाउनु रहेको सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ्ग युके जुङ्गले बताए।

“अफोर्डेबिलिटी भनेको केवल एउटा छुट होइन; यो विभिन्न सुविधा र लाभहरूको एकीकृत संयोजन हो। एक्सेसिबिलिटी भनेको ग्राहकले आफ्नो योग्यता जाँचदेखि खरिद र उत्पादन प्राप्तिसम्मको प्रक्रिया अझ सहज रूपमा पूरा गर्न सक्नु हो। सस्टेनेबिलिटी भनेको पहिलो ग्राहकपछि पनि उत्पादनको मूल्य र उपयोगितालाई कायम राख्नु हो। हाम्रा साझेदारहरूसँगको सहकार्यमा, हामी ग्यालेक्सीको नवीन प्रविधिमार्फत नेपालका ग्राहकहरूका लागि थप विकल्प, दीर्घकालीन मूल्य र नयाँ सम्भावनाहरू सिर्जना गर्न चाहन्छौँ,” सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर जुङ्गले भने।

ग्यालेक्सी जेड फोल्ड ८ सिरिज अगस्ट १३ अर्थात आजदेखि प्रि अर्डरका लागि स्टकल उपलब्ध रहुन्जेलसम्म उपलब्ध रहेको जानकारी दिईयो।

सामसङ नेपालले नयाँ ग्यालेक्सी सिरिजका लागि भीआईपी र नर्मल प्रिअर्डर प्याकेज समेत घोषणा गरेको छ।

VIP प्रिअर्डर प्याकेजरु. ६८,००० सम्मका लाभहरू

लाभ
एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक २ वर्षका लागि निःशुल्क
रु. १५,००० सम्मको एक्सचेन्ज बोनस
Galaxy Watch9 वा Watch Ultra2 मा रु. १०,००० छुट
Google AI Pro ६ महिनाका लागि निःशुल्क — रु. १८,३५१ सम्मको बचत
निःशुल्क फोन कभर
२ वर्षको थप वारेन्टी — शुल्क लाग्नेछ

सामान्य प्रिअर्डर प्याकेजरु. ५८,००० सम्मका लाभहरू

लाभ
एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक २ वर्षका लागि निःशुल्क
रु. १५,००० सम्मको एक्सचेन्ज बोनस
Google AI Pro ६ महिनाका लागि निःशुल्क — रु. १८,३५१ सम्मको बचत
निःशुल्क फोन कभर
२ वर्षको थप वारेन्टी — शुल्क लाग्नेछ

 

 

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार