सञ्चार मन्त्रालयका सचिव डा कमल प्रसाद पोखरेलले दिए राजीनामा

  • Technology Khabar | २७ श्रावण २०८३, बुधबार
सञ्चार मन्त्रालयका सचिव डा कमल प्रसाद पोखरेलले दिए राजीनामा

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोखरेलले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा सरकारले स्वीकृत समेत गरिसकेको छ। पोखरेलका साथै अर्का एक सचिवले पनि राजीनामा दिएका छन्।

पोखरेलसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले पदबाट राजीनामा दिएका हुन्। उनीहरू दुबैको राजीनामा सरकारले स्वीकृत गरेको छ।

सचिव पोखरेलले सेवा अवधिमा १४ महिना बाँकी रहँदै राजीनामा दिएका हुन्। उनले यसरी राजीनामा दिनुपर्ने कारण उनले खुलाएका थिएनन्।

शिक्षा मन्त्रालयमा लामो समय काम गरेका पोखरेल सचिव भएपछि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीका रूपमा काम गरेका थिए।

यसअघि सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रुपमा पठाउँदै उनलाई राष्ट्रिय तथ्यांक कार्यालयबाट साउन १४ गते सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। पोखरेल मन्त्रालयमा तीन दिन मात्रै उपस्थित भएका थिए।

प्रकाशित: २७ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×