आइएमई जनरल इन्स्योरेन्सको २१औं बार्षिक साधारण सभा सम्पन्न

  • Technology Khabar | ३० असार २०७६, सोमबार
आइएमई जनरल इन्स्योरेन्सको २१औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा असार २९ गते काठमाडौं मा सम्पन्न भएको छ।

साधारण सभामा बोल्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न विगत ४ वर्षमा कम्पनीले नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

उनले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको उनले बताए ।

कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएकौ छ । अब कम्पनीको चुक्ता पूंजी १ अर्ब २ करोड ६ लाख पुगेको छ । साथै नियामक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेको छ ।

कम्पनीले चालु आबमा करिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।

प्रकाशित: ३० असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३० असार २०७६, सोमबार