पहिलोपटक मोरङमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै

  • Technology Khabar | २६ श्रावण २०८३, मंगलवार
पहिलोपटक मोरङमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नवीनतम् ‘स्मार्ट’ सुरक्षा प्रणालीका बारेमा जानकारी दिने ध्येयले ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुने भएको छ।

सुरक्षा प्रविधिका क्षेत्रमा विश्वकै अग्रणी चिनियाँ कम्पनी ‘ब्राण्ड’ हिक भिजनले  यही साउन ३१ गते मोरङको विराटचोकमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो कोशी एडिसन’ आयोजना गर्न लागेको हो।

पहिलोपटक काठमाडौँ उपत्यका बाहिर हुने सो प्रदर्शनीलाई  नेपालमा हिक भिजन तथा इजिभिजका राष्ट्रिय वितरक मल्टिनेशनल ट्रेडिङ प्रालीले समन्वय गर्नेछ।

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङद्वारा जारी विज्ञप्तिका अनुसार प्रदर्शनीमा हिक भिजनका अत्याधुनिक, नवीनतम् प्रविधि तथा विभिन्न सुरक्षा प्रणाली र ‘स्मार्ट सोलुसन’ राखिने छन्। एआईमा आधारित नवीनतम् ‘स्मार्ट’ सुरक्षा प्रणाली प्रदर्शनीको मुख्य आकर्षण हुने जनाइएको छ।

साथै प्रदर्शनीमा होम एण्ड स्मल विजनेस, सेक्यूरिटी इन्टलिजेन्ट, ट्राफिक सोलुसन्स, प्राफेशनल अडियो सोलुसन्स, डिस्प्ले, एडभरटाइजिङ एण्ड एजुकेशन सोलुसन्स, अलराम सेफ्टी सोलुसन्स, हिक भिजन सफ्टवयर, न्यू इनोभेसन प्रोडक्ट तथा इजभिज वायरलेस होम सेक्युरिटीलगायतका विभिन्न उपकरण रहने विज्ञप्तिमा उल्लेख छ।

साथै स्थलगत रुपमा नवीनतम सुरक्षा प्रविधिका उपकरणका बारेमा जानकारी लिन, सिकाइ तथा विज्ञ परामर्श, उनीहरुको अनुभव आदानप्रदान प्राप्त गर्ने अवसर पाइने जनाइएको छ।

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका अध्यक्ष एवं कार्यकारी व्यवस्थापक मनिकुमार तामाङका अनुसार प्रदर्शनीबाट नेपालको स्मार्ट सुरक्षा प्रविधि, यस  क्षेत्रमा भइरहेको परिवर्तन र नयाँ सम्भावनालाई प्रत्यक्ष रुपमा बुझ्ने महत्वपूर्ण अवसर हुनेछ।

उनका अनुसार कोशी प्रदेश महत्वपूर्ण व्यापारिक तथा औद्योगिक क्षेत्र भएकाले यहाँका सरकारी, व्यवसाय, उद्योग, घर परिवार, शैक्षिक संस्था तथा अन्य क्षेत्रका लागि स्मार्ट सुरक्षा प्रविधिलाई अझ नजिकबाट जानकारी प्राप्त होस् भन्ने ध्येयले प्रदर्शनी आयोजना गरिएको हो र यसले कोसेढुङ्गाको काम गर्ने छ।

अध्यक्ष एवं कार्यकारी व्यवस्थापक तामाङले भने, “हामी सरकारसँगका सहकार्यमा कोशी प्रदेशलाई सूचना प्रविधिका हबका रुपमा विकसित गर्न चाहन्छौँ। नवीनतम् सूचना प्रविधि तथा सुरक्षा प्रणालीको अधिकतम अवलम्बनलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रदर्शनी आयोजना गरेका हौँ। यो प्रदर्शनी सरकारी नीति निर्माता, उद्यमी ,व्यवसायी तथा आम उपभोक्ताका लागि साझा जानकारीको महत्वपूर्ण मञ्च हुने विश्वास लिएका छौँ।”

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका व्यवस्थापन निर्देशक प्रमोद अधिकारी र निर्देशक कमल तामाङले  हिकभिजनका एआईमा आधारित आधुनिक सुरक्षा प्रणाली, एकीकृत नवीनतम् प्रविधि एकैस्थानमा प्रदर्शनीमा रहने जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...