भृकुटीमण्डपमा अटोमोबाइल क्षेत्रको कुम्भमेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि शुरु

  • Technology Khabar | २६ श्रावण २०८३, मंगलवार
भृकुटीमण्डपमा अटोमोबाइल क्षेत्रको कुम्भमेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि शुरु

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को शुरु भएको छ।

जसमा ५१ स्टल ५५ भन्दा बढी ब्रान्ड रहेका छन्। तीमध्ये ४० भन्दा बढी आजै लन्च हुने आयोजकले जनाएको छ। दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सम्बन्धित अन्य उत्पादनहरू रहेका छन्।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक, दिगो र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिइन्।

अध्यक्ष वैद्यका अनुसार एक वर्षअघि मात्र २१ ओटा सदस्य कम्पनीहरूबाट सुरु भएको नाइमा हाल ३६ ओटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन्।

उनले भनिन्, ‘अटोमोबाइल उद्योगलाई एउटै व्यावसायिक र जिम्मेवार प्लेटफर्ममा ल्याएर देशको गतिशीलता क्षेत्रको विकासमा योगदान पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको छ।’

अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रमा भइरहेको ठूलो लगानी र रोजगारीको सुरक्षाका लागि सरकारले स्थिर र पूर्वानुमान योग्य नीति ल्याउनुपर्ने माग गरिन्।

उनले बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्योल सिर्जना गर्ने  भएकाले कुनै पनि नयाँ नीति वा नियम ल्याउनु अघि सरकारले यस क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्न आवश्यक रहेको बताइन्।

नेपाल सरकारको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउँदै वैद्यले विद्युतीय सवारी साधन, हाइब्रिड र अन्य अत्याधुनिक प्रविधिहरूलाई प्रोत्साहन गरिने जानकारी दिइन।

वैद्यले गतिशीलतालाई केवल सवारी साधनको खरिद बिक्रीका रूपमा मात्र नहेरी यसलाई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचसँग जोड्नुपर्ने धारणा राखिन्।

उनले भनिन, ‘गतिशीलता विलासिता होइन, यो राष्ट्रिय विकासको आधारभूत आवश्यकता हो। सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम र भरपर्दो पूर्वाधार नै हाम्रो प्राथमिकता हुनुपर्छ।’

प्रकाशित: २६ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चिनियाँ रकेट प्रक्षेपण असफल

  • Technology Khabar
  • २६ श्रावण २०८३, मंगलवार