काठमाडौं ।
गत आर्थिक वर्ष २०८२/२०८३ मा नेपालमा २ अर्ब ४६ करोड ८१ लाख २३ हजार रुपैयाँ बराबरको ९ लाख ४४ हजार ९५३ थान राउटर आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को समग्र वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।
गत आर्थिक वर्ष २०८२/८३ मा आएका उक्त मूल्य बराबरका ९ लाख ४४ हजार ९५३ थान राउटर अघिल्लो आर्थिक वर्ष १०८१/८२ को तुलनामा सङ्ख्याका आधारमा वृद्धि भएको हो।
भित्रिएका राउटरको सङ्ख्या अघिल्लो आर्थिक वर्ष अर्थात् २०८१/८२ मा ८ लाख २६ हजार १५२ थान राउटर रहेकोमा गत आर्थिक वर्षमा १ लाख १८ हजार ८०१ बढेर समग्रमा ९ लाख ४४ हजार ९५३ पुगेको हो।
राउटरको सङ्ख्या बढेसँगै यसका लागि देशबाट बाहिरिने रकम पनि तुलनात्मक रुपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा राउटरका लागि २ अर्ब १४ करोड ३६ लाख ५२ हजार रुपैयाँ बिदेसिएकोमा गत आर्थिक वर्षमा भने २ अर्ब ४६ करोड ८१ लाख २३ हजार रुपैयाँ बाहिरिएको छ।
तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्ष २०८१/८२ भन्दा गत आर्थिक वर्ष २०८२/८३ मा ३२ करोड ४४ लाख ७१ हजार रुपैयाँले बढेको छ।
नेपालमा अधिकांश इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामानहरु सबैभन्दा बढी चीनबाट आउने गर्छन्। गत आर्थिक वर्षमा पनि चीनबाट नै सबैभन्दा धेरै राउटर आयात भएको तथ्याङ्क छ। यसबाहेक विश्वका अन्य देशबाट पनि उल्लेख्य मात्रामा राउटरहरु आयात भएका छन्।
आर्थिक वर्ष २०८२/८३ को आयात विवरणः
| क्र. सं. | देश | परिमाण | रकम (हजारमा) |
| १ | चीन | ९१६१११ | २३६७६९७ |
| २ | भारत | ९१३ | ८१५ |
| ३ | लाट्भिया | ३५३ | ५९९९ |
| ४ | लिथुआनिया | २०२ | २८४१ |
| ५ | मलेसिया | ७१ | ६७६ |
| ६ | नाम नखुलेको | ४० | २५७ |
| ७ | ताइवान | १०३ | १९४३ |
| ८ | बेलायत | १६ | ११९ |
| ९ | अमेरिका | १३ | ६७७ |
| १० | भियतनाम | २७१०७ | ८५८९६ |
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार