सानसुइको ‘न्यू इअर ग्रान्ड अफर’ योजनाको लक्की ड्र विजेताहरुलाई पुरस्कार प्रदान

  • Technology Khabar | २७ असार २०७६, शुक्रबार
सानसुइको ‘न्यू इअर ग्रान्ड अफर’ योजनाको लक्की ड्र विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौं ।

काठमाडौं । त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत्र १५ गते देखि २०७६ जेठ १५ गते सम्म संचालन गरेको ‘सानसुइ न्यू इअर ग्रान्ड अफर’ ग्राहक योजनाको लक्की ड्र विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ ।

सान्सुइ ब्राण्डको टिभी, फ्रिज तथा वासिङ्ग मेसिन लगायत सान्सुई ब्राण्डको कुनै पनि सामानको खरिदमा लक्की ड्र कुपन प्रदान गरि ति मध्ये लक्की ड्र कार्यक्रममार्फत गत असार १७ गते विजेता घोषणा गरिएको थियो ।

विजेताहरुमा कैलालीका तपत बहादुर विष्टले पहिलो पुरस्कार स्वरुप दुवई भ्रमणको टिकट हात पार्न सफल भएका छन् । कालिमाटिका फैयाज अहमदले दोस्रो पुरस्कार स्वरुप सानसुइ ५५ इन्चको स्मार्ट एलईडी टिभी प्राप्त गरे । भने नेपालगञ्जका निशा विष्टले सानसुइ १७० लिटरको रेफ्रिजेरेटर प्राप्त गरेकी छिन् । बिजेताहरुलाई बिहिबार कम्पनीले एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेको जानकारी दिएको छ ।

प्रकाशित: २७ असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार