भारतमा सन् २०२८ अक्टोबरदेखि सबै सवारी साधनहरूमा ‘भीटूभी’ सञ्चार प्रणाली जडान अनिवार्य गरिँदै

  • Technology Khabar | २० श्रावण २०८३, बुधबार
भारतमा सन् २०२८ अक्टोबरदेखि सबै सवारी साधनहरूमा ‘भीटूभी’ सञ्चार प्रणाली जडान अनिवार्य गरिँदै

काठमाडौं ।

भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले अक्टोबर १, २०२८ मा वा त्यसपछि बनाइएका सबै एल, एम र एन श्रेणीका सवारी साधनमा सवारी साधन देखि सवारी साधन (भेहिकल टू भेहिकल-भीटूभी) सञ्चार प्रणाली अनिवार्य रूपमा जडान गर्ने प्रस्ताव गरेको छ भने पहिले नै यो उपकरण जडान गरिएकाहरूले अक्टोबर १, २०२७ देखि सम्बन्धित मापदण्डहरू पालना गर्नुपर्नेछ।

चरणबद्धरुपमा लागू गरिने यो दृष्टिकोणले सवारी साधन निर्माताहरू र अन्य सरोकारवालाहरूलाई नयाँ आवश्यकताहरूको कार्यान्वयनको लागि तयारी गर्न पर्याप्त समय प्रदान गर्ने अपेक्षा गरिएको छ।

सडक मन्त्रालयले सोमबार भनेअनुसार, यसले मोटर सवारी साधनहरूमा सवारी साधनबाट- सवारी साधन (भीटूभी) सञ्चार प्रणालीको चरणबद्ध कार्यान्वयनको लागि केन्द्रीय मोटर सवारी नियम, १९८९ मा संशोधन प्रस्ताव गर्ने मस्यौदा सूचना जारी गरेको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ।

भारतीय दूरसञ्चार विभागले भीटूभी र अन्य बुद्धिमान यातायात प्रणाली एप्लिकेसनहरूको लागि ५.८७५ गीगाहर्जदेखि ५.९२५ गीगाहर्जसम्मको फ्रिक्वेन्सी ब्यान्ड छुट्याएको छ।

भीटूभी सञ्चारले नजिकैका सवारी साधनहरूलाई तिनीहरूको गति, स्थिति, दिशा, प्रवेग, आदिसहित वास्तविक-समयको जानकारी आदानप्रदान गर्न सक्षम बनाउँछ, जसले गर्दा जोखिम कम गर्दै दूर्घटना न्यूनिकरण गर्न सहयोग पुग्दछ।

प्रकाशित: २० श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार