काठमाडौं ।
अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो।
गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हब, राउटरलगायत सामग्री बरामद गरेको छ।-रासस
प्रकाशित: १७ श्रावण २०८३, आईतवार