काठमाडौं ।
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ।
६० भन्दा बढी कन्टेन्ट क्रिएटरको सहभागिता रहेको कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट.’ नामक नयाँ क्रिएटर फेलोशिप कार्यक्रमसमेत सार्वजनिक गरेको हो। यस कार्यक्रममार्फत क्रिएटरहरूले लामो समयदेखि निर्माण गर्न चाहेको आफ्ना सपनाका कन्टेन्टलाई वास्तविकतामा रूपान्तरण गर्न आवश्यक सहयोग प्राप्त गर्नेछन्।
कार्यक्रमको सुरुवात सहभागी क्रिएटरहरूले नेपालमै निर्माण गर्न चाहेको आफ्नो ‘ड्रिम कन्टेन्ट’ सम्बन्धी योजना र अवधारणा प्रस्तुत गर्दै गरेका थिए। प्रस्तुत अवधारणाका आधारमा ‘ड्रिम इट. डु इट.’ कार्यक्रमअन्तर्गत ६ उत्कृष्ट कन्टेन्ट आइडिया छनोट गरिने व्यवस्था गरिएको थियो।
त्यसपछि ब्रान्ड तथा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दा क्रिएटरहरूले ध्यान दिनुपर्ने विषयमा जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो। सत्रमा सम्झौताका सर्तहरू बुझ्ने तरिका, उचित पारिश्रमिक निर्धारण, बौद्धिक सम्पत्तिको अधिकार तथा सहकार्यका क्रममा आउन सक्ने सम्भावित जोखिमबारे जानकारी दिइएको थियो।
कार्यक्रमको अन्तरक्रियात्मक चरणमा सहभागीहरूलाई १० समूहमा विभाजन गरी पोटरी, चित्रकला तथा हस्तकलासम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराइएको थियो।
प्रत्येक समूहले निर्धारित समयभित्र आफ्ना सिर्जनात्मक अवधारणालाई कन्टेन्टका रूपमा विकास गरी प्रस्तुत गरेका थिए। प्रस्तुतिको मूल्याङ्कन अवधारणाको मौलिकता, सिर्जनशीलता र कार्यान्वयनका आधारमा गरिएको थियो।
कार्यक्रमको समापनमा इनड्राइभ नेपालले ६ जना क्रिएटरले प्रस्तुत गरेका उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो। छनोट भएका अवधारणामा नेपालका विभिन्न समुदायका मौलिक परिकारको परिचयदेखि पोखराको साहसिक यात्रासम्मका व्यक्तिगत सपना र सिर्जनात्मक योजना समेटिएका छन्।
छनोट भएका क्रिएटरहरूले कन्टेन्ट निर्माणका लागि आवश्यक आर्थिक सहयोग प्राप्त गर्नेछन्। साथै, उनीहरूलाई आफ्नो अवधारणा र सिर्जनात्मक शैलीअनुसार स्वतन्त्र रूपमा कन्टेन्ट निर्माण गर्ने अवसर प्रदान गरिने इनड्राइभले जनाएको छ।
नेपालमा कन्टेन्ट क्रिएटरहरूको संख्या र प्रभाव तीव्र रूपमा विस्तार भइरहेका बेला इनड्राइभले उक्त पहल अघि सारेको हो। कन्टेन्ट सिर्जना नेपाली युवाका लागि अभिव्यक्ति, रोजगारी तथा आयआर्जनको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको छ।
यस पहलमार्फत इनड्राइभले आफूलाई मोबिलिटी तथा राइड–हेलिङ सेवामा मात्र सीमित नराखी नेपाली सिर्जनशील युवाको क्षमता विकास र उनीहरूको व्यावसायिक यात्रामा सहकार्य गर्ने ब्रान्डका रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ ।
कम्पनीका अनुसार ‘ड्रिम इट. डु इट.’ कार्यक्रमको उद्देश्य क्रिएटरहरूले परिकल्पना गरेका कन्टेन्टलाई वास्तविक रूपमा निर्माण गर्न सहयोग गर्नुका साथै उनीहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र दीर्घकालीन सम्बन्ध विकास हुने दिगो क्रिएटर समुदाय निर्माण गर्नु रहेको छ ।
छनोट भएका क्रिएटरहरूको नाम इनड्राइभ नेपालका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। उनीहरूले निर्माण गरेका कन्टेन्ट आगामी महिनाहरूमा क्रमशः सार्वजनिक हुनेछन्।
इनड्राइभ नेपालले आगामी संस्करणहरूमा नयाँ विषयवस्तु, फरक सिर्जनात्मक विधा तथा थप क्रिएटर समुदायलाई समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार