एआईको प्रयोग गरी आफ्नो नक्कली भिडियो फैलाइएको उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको आरोप

  • Technology Khabar | ७ श्रावण २०८३, बिहीबार
एआईको प्रयोग गरी आफ्नो नक्कली भिडियो फैलाइएको उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको आरोप
फाइल तस्बिर

काठमाडौं ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी आफ्नो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई त्यसबाट निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झूटा र भ्रामक प्रचार भइरहेको बताएका छन्।

ढकालले आफ्नो फेसबुक मार्फत एउटा सूचना सार्वजनिक गर्दै झूटा तथा भ्रामक सामग्री फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा फैलिएको जानकारी प्राप्त भएको उल्लेख गरेका छन्। उनले उक्त सामग्री पूर्ण रुपमा झूटो र भ्रामक भएको भन्दै विश्वास नर्गन आग्रहसमेत गरेका छन्।

यस्ता झूटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको उनले सूचनामार्फत् नै जानकारी पनि दिएका छन्।

प्रकाशित: ७ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार