क्याप्चर एलईडी ब्लक हुँदा मेटाको स्मार्ट ग्लासेसले रेकर्डिङ रोक्ने

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
क्याप्चर एलईडी ब्लक हुँदा मेटाको स्मार्ट ग्लासेसले रेकर्डिङ रोक्ने

काठमाडौं ।

मेटाको स्मार्ट ग्लासेसको फ्रेमको छेउमा रहेको क्याप्चर एलईडी क्यामराले रेकर्डिङ गर्दा ब्लिङ्क (झिम्किने) हुने गर्दछ भने त्यसले नजिकका मानिसहरूलाई सचेत हुन मद्दत गर्दछ। तर केही प्रयोगकर्ताहरूले सानो इन्डिकेटर सहज रुपमा देख्न वा याद गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।

त्यसको प्रतिक्रियाको रुपमा, मेटाले आफ्नो पछिल्लो स्मार्ट ग्लासेसको लागि नयाँ गोपनीयता–केन्द्रित सुरक्षा उपायहरू प्रस्तुत गरेको छ र त्यसले क्याप्चर एलईडीमा केही अवरोध अडा भएको अवस्थामा रेकर्डिङलाई रोक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो सुविधा हाल मेटाको दोस्रो पुस्ताको स्मार्ट ग्लासेस र नयाँ मोडेलहरूमा उपलब्ध गराइएको छ भने कम्पनीका सबै स्मार्ट ग्लासेसमा रोल आउट हुनेछ।

क्याप्चर एलईडी ढाकिएको वा क्षतिग्रस्त भएको छ कि छैन भनेर सुविधाले स्वचालित रूपमा पत्ता लगाउन सक्छ। यदि अवरोध पत्ता लागाएको खण्डमा भने क्यामरा असक्षम पारिनेछ र कम्पनीका अनुसार एलईडीलाई पुनस्र्थापित भएपछि मात्र फेरि काम गर्नेछ।

मेटाले लाई असक्षम वा छेक्याप्चर एलईडीडछाड गर्ने सेवाहरूलाई प्रवद्र्धन गर्ने विज्ञापनहरू, सामाजिक सञ्जाल पोस्टहरू र अनलाइन सूचीहरू हटाउने पनि बताएको छ।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार