काठमाडौं ।
भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन रोक्ने प्रयासको क्रममा भारतीय सरकारले शुक्रबार रातीदेखि इन्टरनेट सेवा बन्द गराएको छ।
भारतको गृह मन्त्रालयले इन्टरनेट सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णयलाई स्वीकृति दिएको छ भने नयाँ दिल्लीमा ४ किलोमिटरको दायराभित्र सबै प्रकारका इन्टरनेट सेवाहरू बन्द गरिएका छन्।
जनपथ–कर्तव्य पथ चोक वरपरको ४ किलोमिटरको दायराभित्र इन्टरनेट सेवाहरू बन्द रहनेछन्।
रिपोर्टअनुसार, सेवाहरू अक्टोबर ९ को राति १० बजेदेखि अक्टोबर १० को राति १० बजेसम्म बन्द रहनेछन्।
यसका साथै, सबै प्रकारका मोबाइल इन्टरनेट प्रविधि बन्द गर्न निर्देशन जारी गरिएको छ।
प्रकाशित: २४ आश्विन २०८३, शनिबार