एन्ड्रोइडको आगामी अटोमेटिक ब्याकअप टू पीसी सुविधामा सामसङ समावेश नहुने

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
एन्ड्रोइडको आगामी अटोमेटिक ब्याकअप टू पीसी सुविधामा सामसङ समावेश नहुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गुगलले एन्ड्रोइडका लागि विन्डोज पीसीहरूमा क्लाउड–फ्रि अटोम्याटिक (स्वचालित) ब्याकअपमा काम गरिरहेको नयाँ रिपोर्ट बाहिरिएको छ।

प्रयोगकर्ताको फोन र पीसी एउटै नेटवर्कमा कनेक्ट हुँदा यो सुविधाले वाई–फाई मार्फत काम गर्नेछ। गुगल प्ले सेवा एपको पछिल्लो संस्करणमा यो आगामी सुविधाको बारेमा जानकारी फेला पारिएको उल्लेख गरिएको छ।

त्यसैगरी फेला पारिएको उक्त स्क्रिनसटमा “सामसङ फोनहरू समर्थित नहुने” भनि उल्लेख गरिएको छ। सामसङको पहिले नै आफ्ना ग्राहकहरूलाई व्यापक ब्याकअप विकल्पहरू प्रदान गर्ने आफ्नै स्मार्ट स्विच एप रहेको हुनाले बहिष्कार गरिएको हुन सक्ने बताइएको छ।

स्मार्ट स्विचले हाल गुगलको आगामी प्रणालीको विपरीत अटोम्याटिक (स्वचालित) ब्याकअपहरूलाई समर्थन नगर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताले आफ्नो विन्डोज पीसीमा क्विक सेयर एपमा गएर सुविधालाई सक्रिय गरेर गुगलको सुविधा प्रयोग गर्न सक्नेछन्। त्यसको लागि प्रयोगकर्ताको फोन र क्विक सेयर पीसी एप दुवैलाई स्पष्ट रूपमा एउटै गुगल खातामा साइन इन गर्नुपर्नेछ। प्रयोगकर्ताले आफ्नो फोनमा ब्याकअप गर्न चाहेको फोटो र भिडियोहरू चयन गर्न सक्षम हुनेछन्।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार