Apple

मेमोरी अभावको बीच जोखिमपूर्ण वैकल्पिक र्याम आपूर्तिकर्ताहरूको लागि विचार गर्दै एप्पल

मेमोरी अभावको बीच जोखिमपूर्ण वैकल्पिक र्याम आपूर्तिकर्ताहरूको लागि विचार गर्दै एप्पल
डब्ल्यूडब्ल्यूडीसी२३ मा टिम कुक। फोटो सौजन्यः जीएसएमएरिना
Global IME Bank

हालको मेमोरी चिप संकटले कम्पनीहरूलाई आवश्यक पर्ने र्यामको मात्रा प्राप्त गर्नको लागि नयाँ तरिकाहरू खोज्न बाध्य पारिरहेको अवस्थामा र एप्पलले जोखिमपूर्ण कदम चाल्ने विचार गरिरहेको देखिन्छ।

ब्लूमबर्ग न्यूजको नयाँ रिपोर्ट अनुसार, क्युपर्टिनो हाल दुई चिनियाँ कम्पनीहरू चाङसिन मेमोरी टेक्नोलोजीज (सीएक्सएमटी) र याङ्त्जे मेमोरी टेक्नोलोजीङ (वाईएमटीसी) सँग वार्तामा रहेको छ।

तर यहाँ एउटा सानो समस्याको उल्लेख गरिएको छ। दुबै कम्पनीहरू हाल संयुक्त राज्य अमेरिकाको रक्षा विभागको खण्ड १२६०एच सूचीमा रहेको र “चिनियाँ सैन्य कम्पनीहरूको रूपमा पहिचान गरिएका संस्थाहरू” को रूपमा चित्रण गरिएको छ। १२६०एच सूचीमा रहेका कम्पनीहरूसँग व्यापार गर्नु गैरकानूनी नभए पनि त्यसले एप्पलको लागि राजनीतिक प्रतिक्रिया र सम्भावित नियामक खतरा निम्त्याउन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ब्लूमबर्ग न्यूजका अनुसार, एप्पलका निवर्तमान सीईओ टिम कुक एप्पलको लागि कुनै पनि सम्भावित परिणामबाट बच्न ट्रम्प प्रशासन र वाणिज्य विभागसँग वार्तामा रहेको छन्।

Sajilo Visa
easy care