आईफोन १८ प्रोको ड्रप टेस्ट भिडियो बाहिरियो

  • Technology Khabar | १७ असार २०८३, बुधबार
आईफोन १८ प्रोको ड्रप टेस्ट भिडियो बाहिरियो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलको आगामी आईफोन १८ प्रो घोषणा गर्नुभन्दा धेरै अगाडि नै देखा परेको छ। अझै रिलीज हुन बाँकी रहेको फ्ल्यागशिप आफ्नो ड्रप टेस्टमा देखा परेको र डिजाइनको खुलासा भएको छ।

अपेक्षा गरिएअनुसार आईफोन १८ प्रोको डिजाइन आईफोन १७ प्रोसँग लगभग समान रहेको छ।

वेबमा हाल देखा परिरहेका दुईओटा भिडियोहरूले नियन्त्रित वातावरणमा आईफोन १८ प्रोको ड्रप टेस्टहरू गरिएको देखाएका छन्। ईभीलीक्सले एक्समा उक्त भिडियोहरू साझा गरेको भए तापनि उक्त खाता इभान ब्लाससँग सम्बन्धित नभएको जस्तो देखिएको र त्यसपछि त्यसलाई निलम्बन गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यी भिडियोहरू अनलाइन कसरी फेला परे भन्ने बारे प्रश्नहरु आएका छन्। एप्पलको निर्माण साझेदार, टाटा इलेक्ट्रोनिक्स र्यान्समवेयर आक्रमणको शिकार भएको र त्यसको परिणामस्वरूप एप्पलको कम्पोनेन्ट डिजाइन र स्पेक्स कागजातहरू लीक भएको बताइएको छ।

रोयटर्सका अनुसार, डार्क वेबमा २ लाखभन्दा बढी फाइलहरू पोस्ट गरिएको हुनाले आगामी दिनहरूमा अझ बढी लीकहरू बाहिरिने सम्भावन रहेको उल्लेख गरिएको छ। एप्पलले भने यो विषयमा कुनै औपचारिक टिप्पणी जारी गरेको छैन।

 

 

प्रकाशित: १७ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार