काठमाडौं ।
वानप्लसले एन६ स्मार्टफोन प्रास्तुत गरेको छ र भारत यो डिभाइस प्राप्त गर्ने पहिलो बजार बनेको छ। वानप्लस एन६ को उल्लेखनीय विशेषता भनेको विशाल ८,०००एमएएच ब्याट्री हो। यो ब्याट्रीले ४५वाट सुपरभीओओसी वायर्ड चार्जिङ साथै ५वाट रिभर्स वायर्ड चार्जिङलाई समर्थन गर्दछ। साथै एन६ लाई पावरबैंकको रूपमा पनि प्रयोग गर्न सकिनेछ।
त्यसैगरी वानप्लसले बाइपास चार्जिङ पनि समावेश गरेको हुनाले एन६ ले ब्याट्रीमा नपुगी सिधै आफ्नो मदरबोर्डमा पावर तान्न सक्ने बताइएको छ। यसले गेमिङ जस्ता गहन कार्यहरूमा डिभाइसलाई चिसो राख्न मद्दत गर्दछ। वानप्लसले एन६ को ब्याट्री १,६०० भन्दा बढी चार्ज साइकलसहरूका लागि र ७ वर्षको प्रयोग पछि पनि ब्याट्री स्वास्थ्य ८० प्रतिशत भन्दा बढी कायम राख्नको लागि इन्जिनियर गरिएको दाबी गरेको छ।
वानप्लस एन६ मा मिडियाटेकको डाइमेन्सिटी ६३६० म्याक्स चिपसेट, ४/६जीबी र्याम र १२८जीबी स्टोरेज समावेश गरिएको छ। साथै स्टोरेज विस्तारको लागि माइक्रोएसडी कार्ड स्लट पनि उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
वानप्लस एन६ को अगाडिको भागमा एचडीप्लस रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेट भएको ६.८ इन्चको आईपीएस एलसीडी रहेको छ। प्यानललाई १,२०० निट्सको पीक लोकल ब्राइटनेस दिइएको छ र त्यसमा पञ्च–होल कटआउट भित्र राखिएको ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा रहेको छ।
स्मार्टफोनको पछाडिको भागमा एफ/१.८ एपर्चर भएको ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ। सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित अक्सिजनओएस १६.० द्वारा कभर गरिएको छ। साथै वानप्लसले २ प्रमुख ओएस अपडेटहरू र ३ वर्षको सुरक्षा प्याचहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
वानप्लस एन६ फ्रेश मिन्ट र मिडनाइट ग्रीन रङ्गहरूमा उपलब्ध हुनेछ। बेसलाइन ४/१२८जीबी संस्करणको मूल्य २२,९९९ भारतीय रुपैयाँ (२४३ अमेरिकी डलर/२१३ यूरो) रहेको छ भने ६/१२८जीबी ट्रिमको मूल्य २४,९९९ भारतीय रुपैयाँ कायम गरिएको छ। भारतमा वानप्लस एन६ को खुला बिक्री आगामी महिनादेखि वानप्लस इन्डिया र अमेजन इन्डिया बाट सुरु हुने बताइएको छ।
प्रकाशित: १७ असार २०८३, बुधबार