नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न

  • Technology Khabar | १५ असार २०८३, सोमबार
नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न

काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह काठमाण्डौंमा भव्यतापूर्वक सम्पन्न भएको छ।

२०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाण्डौंमा स्थापना गरेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नोे ५०औं बर्षकोे शुभ–अवसरमा विभिन्न कार्यक्रमहरु सहित स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो।

स्वर्ण उत्सव समारोह २०८३ असार १३ गते देखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सहित राजधानी र ७ वटै प्रदेशहरुमा सम्पन्न हुने छन्।

संस्थाका अनुसार यो ५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन्। त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ।

त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ।

त्यसैगरी, नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट बस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भईसकेको छ। नाडा सन् २०१५ देखि आइएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित संस्थाको रुपमा स्थापित रहेको छ।

त्यसैगरी नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

प्रकाशित: १५ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...