एप्पलले एम६ प्रो र म्याक्स चिप्स छोडेर एम७ पुस्ताको लागि एआईलाई बढावा दिने

  • Technology Khabar | १७ असार २०८३, बुधबार
एप्पलले एम६ प्रो र म्याक्स चिप्स छोडेर एम७ पुस्ताको लागि एआईलाई बढावा दिने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले आफ्नो चिप रिलीज रणनीतिमा परिवर्तनको योजना बनाइरहेको ब्लूमबर्गका मार्क गर्मनले रपोर्ट गरेका छन्। एम७ शृङ्खलालाई छिटो बनाउने पक्षमा आगामी एम६ चिप्स परिवारले प्रो र म्याक्स भेरियन्टहरू छोड्ने भएको छ।

त्यसको अर्थ भनेको अब आईप्याडहरू र इन्ट्री–लेभल म्याकहरू भित्र आधारभूत एम६ चिप मात्र चलिरहेको देखिन्छ।

एआई–सक्षम डिभाइसहरूको बढ्दो मागको कारण एप्पलले आफ्नो रोडम्याप परिवर्तन गर्न बाध्य भएको र एम६ बाट एआई–केन्द्रित एम७ शृङ्खलामा द्रुत ट्रान्जिसन गर्ने प्रयास गर्नेछ। एम७ चिप्सले धेरै शक्तिशाली जीपीयूहरू पनि प्रदान गर्ने भनिएको छ।

नतिजा स्वरूप, स्ट्याण्डर्ड एम७ चिप सम्भवतः २०२७ को सुरुमा डेब्यू हुनेछ भने त्यसपछि २०२७ को अन्त्यसम्ममा एम७ प्रो र एम७ म्याक्स आउनेछ। त्यसैगरी सामान्यतया म्याक्स भन्दा दोब्बर शक्तिशाली हुने अल्ट्रा संस्करण २०२८ को सुरुमा हाई–इन्ड म्याक स्टुडियो मोडेलहरूसँगै अवतरण हुने जीएसएमएरिनाले रपोर्ट गरेको छ।

तर, एम५ लाइनबाट एम६ को पर्फर्मेन्समा भएको छलाङ्ग कुनै सानो कुरा नभएको बताइएको छ। यसले अपडेट गरिएको मेमोरी आर्किटेक्चर, हाई मेमोरी ब्यान्डविथ, छिटो सीपीयू, १० नभएर १२ कोरसम्मको राम्रो जीपीयू, इनहान्स्ड भिडियो एन्कोडिङ र डिकोडिङका साथै एआई एप्लिकेसनहरूको लागि इनहान्स्ड न्यूरल इन्जिन प्रदान गर्ने अपेक्षा गरिएको छ।

साथै रपोर्टले एम५ अल्ट्रा चिप अझै पनि कार्डहरूमा रहेको उल्लेख गरेको छ। एप्पलले त्यसलाई छोड्ने भए तापनि आपूर्ति श्रृंखला र लागत चुनौतीहरूको कारण यो स्थगित भएको छ।

 

प्रकाशित: १७ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार