क्वालकमले स्न्यापड्रागन समिट २०२६ आयोजना गर्ने मितिको घोषणा गर्यो

  • Technology Khabar | १७ असार २०८३, बुधबार
क्वालकमले स्न्यापड्रागन समिट २०२६ आयोजना गर्ने मितिको घोषणा गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

क्वालकमले आगामी सेप्टेम्बरको २२ देखि २४ तारिख सम्म हवाईको माउईमा आफ्नो वार्षिक स्न्यापड्रागन समिट (शिखर सम्मेलन) आयोजना गर्ने घोषणा गरेको छ।

क्वालकमले आफ्नो स्न्यापड्रागन शिखर सम्मेलनमा के घोषणा गर्ने भनेर खुलासा नगरे पनि सम्भवतः अमेरिकामा आधारित चिप निर्माताले गत वर्षको प्रमुख स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीको उत्तराधिकारी प्रस्तुत गर्नेछ र त्यसलाई स्न्यापड्रागन ८ एलिट जेन ६ (एसएम८९५०) भनिने हल्ला रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी, क्वालकमले शिखर सम्मेलनमा स्न्यापड्रागन ८ एलिट जेन ६ प्रो (एसएम८९७५) पनि प्रस्तुत गर्ने हल्ला चलिरहेको छ।

हालैको लीकले क्वालकमले स्न्यापड्रागन ८ एलिट जेन ५एक्सएक्स संस्करण (एसएम८८५०क्यू) र स्न्यापड्रागन ८ जेन ५ प्रो (एसएम८८४५ प्रो) गरी दुई ३एनएम चिपहरूमा पनि काम गरिरहेको पत्ता लगायो छ।

स्न्यापड्रागन ८ एलिट जेन ५ र स्न्यापड्रागन ८ जेन ५ गत वर्ष अनावरण गरिएको थियो। स्न्यापड्रागन ८ एलिट जेन ५ मा एसएम८८५० र स्न्यापड्रागन ८ जेन ५ मा एसएम८८४५ पार्ट नम्बरहरू थिए।

स्न्यापड्रागन ८ एलिट जेन ५एक्सएक्स संस्करण स्न्यापड्रागन ८ एलिट जेन ५ भन्दा कति फरक हुनेछ भन्ने कुरा स्पष्ट नभएको हुनाले यो चिपको बारेमा थप विवरणहरू आगामी दिनहरुमा देखा पर्ने अपेक्षा गरिएको छ।

स्न्यापड्रागन ८ जेन ५ प्रोलाई स्न्यापड्रागन ८ जेन ६ को रूपमा पनि लन्च गर्न सकिने हल्ला सुन्नमा आएका छन्।

प्रकाशित: १७ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...