काठमाडौं ।
टी–मोबाइलले केही पुराना योजनाहरू चरणबद्ध रूपमा हटाउने भएको छ। साथै पुराना योजनाहरूलाई प्रयोग गर्ने ग्राहकहरूलाई आफ्नो नयाँ योजनाहरूमा सार्ने निर्णय गरेको छ। प्रभावित हुने पुराना योजनाहरू टी–मोबाइल ग्राहकहरूले प्रयोग गर्ने सबैभन्दा पुराना भएको र तीमध्ये केही १५ वर्ष पुराना रहेका छन्।
यो योजनामा मूल्य वृद्धि समावेश हुनेछ भने औसत वृद्धि स्पष्ट रूपमा प्रति लाइन ४ अमेरिकी डलर मात्र हुने टी–मोबाइलले बताएको छ। धेरै पुरानो योजनाहरूमा रहेका ग्राहकहरूलाई टी–मोबाइलले आगामी महिनाको मध्यमा उनीहरूको अर्को बिलिङ चक्रमा परिवर्तन हुनुभन्दा दुई हप्ता अघि इमेल मार्फत सिधै सम्पर्क गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
“हामी हाम्रो ५जी नेटवर्क पूर्ण रूपमा तैनाथ हुनुभन्दा धेरै अघि लगभग १५ वर्ष पहिले ३जी र ४जी युगमा बनाइएका हाम्रा केही पुराना योजनाहरू बन्द गर्दैछौं। ग्राहकहरू आधुनिक योजनाहरूमा (ट्रान्जिसन) सारिनेछन् भने त्यसले अमेरिकाको उत्कृष्ट वायरलेस प्रविधि, परिष्कृत सुविधाहरू र ५–वर्षको मूल्य ग्यारेन्टीमा पहुँच प्रदान गर्नेछ। केही ग्राहकहरूले आफ्नो मासिक बिलमा कुनै परिवर्तन देख्ने छैनन् भने केहीले सामान्य समायोजन देख्नेछन्। नयाँ योजनामा सरेका प्रत्येक ग्राहकले नेटवर्क र सेवा अनुभवहरूमा सुधार प्राप्त गर्दै आफ्नो हालको फाइदाहरू कायम राख्नेछन्” भनि कम्पनीले आधिकारिक रुपमा यो विषयमा बताएको छ।
तर टी–मोबाइलले कुन योजनाहरू प्रभावित हुनेछन् भनेर ठ्याक्कै नबताएको र प्रभावित ग्राहकहरूलाई कुन नयाँ योजनाहरूमा सारिनेछ भनेर खुलासा नगरेको बताइएको छ। त्यसैले धेरै पुरानो टी–मोबाइल योजनामा रहेकाहरुले आगामी केही दिनमा आफ्नो इमेल जाँच गरेर नयाँ, अलि महँगो योजनामा स्विच गर्न तयार हुनुका लागि तायार रहन आग्रह गरिएको छ।
प्रकाशित: १७ असार २०८३, बुधबार