अटो टेक

नियम विपरीत ‘राइड सेयरिङ गर्ने लगायतका चालकबाट ट्राफिक प्रहरीले चौबिस घण्टामा उठायो साढे १० लाख राजस्व

नियम विपरीत ‘राइड सेयरिङ गर्ने लगायतका चालकबाट ट्राफिक प्रहरीले चौबिस घण्टामा उठायो साढे १० लाख राजस्व
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।
Global IME Bank

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवनतर्फ ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १२९, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९०, एकतर्फी कायम गरिएको सडक उल्लङ्घन गर्ने ८८ र अन्य सवारी नियम पालना गर्ने एक हजार १८६ सवारी चालक रहेका छन्।-रासस

Sajilo Visa
easy care