अटो टेक

नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले एकैदिन उठायो साढे १० लाख राजस्व

नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले एकैदिन उठायो साढे १० लाख राजस्व
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।
Global IME Bank

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२८ गरी कुल दुई हजार २५ जनालाई कारबाही गरिएको हो।-रासस

Sajilo Visa
easy care