परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

  • Technology Khabar | १ असार २०८३, सोमबार
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौं ।

चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन्।

आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। अवलोकनका क्रममा उनले दुई देश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए।

उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन्। मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ।-रासस

प्रकाशित: १ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार