नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले उठायो एकैदिन २२ लाख ७६ हजार राजस्व

  • Technology Khabar | २१ जेष्ठ २०८३, बिहीबार
नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले उठायो एकैदिन २२ लाख ७६ हजार राजस्व
सांकेतिक फाइल तस्बिर। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँच गर्दै। तस्विरः रासस।

काठमाडौं ।

बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार