वैशाख मसान्तसम्म २० करोड हाराहारीको ७५ हजार थान स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | १२ जेष्ठ २०८३, मंगलवार
वैशाख मसान्तसम्म २० करोड हाराहारीको ७५ हजार थान स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख मसान्तसम्म साढे २० करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा १९ करोड ८० लाख ७६ हजार बराबरको ७५ हजार ६४९ थान स्मार्टवाच आयात भएको छ। माघ मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ५ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका २१ मुलुकबाट उक्त  स्मार्टवाच आयात भएको देखिन्छ।

२०८३ वैशाख मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ६८ हजार ३२० थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १५ करोड ८२ लाख ८० हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ९१ लाख ६९ हजार बराबरको ६ हजार २८९ थान र भियतनामबाट २ करोड ९५ लाख ६३ हजार बराबरको ६७२ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया१०१७
बहराइन१०
क्यानडा११
चीन६८३२०१५८२८०
जर्मनी
भारत६२८९९१६९
इजरायल
दक्षिण कोरिया५०
कुवेत२९१९
१०लेबनन
११मलेसिया
१२ओमन
१३फिलिपिन्स५१
१४कतार१९
१५साउदी अरेबिया१७१२
१६ताइवान१६५
१७थाइल्याण्ड८६
१८यूएई२१४२२१
१९बेलायत२०१७०
२०अमेरिका१८१८२
२१भियतनाम६७२२९५६३

प्रकाशित: १२ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार