सामसङले आफ्नो आगामी फोल्डेबल फोनहरूको लाइनको लागि ग्यालेक्सी जेड फोल्ड ८ र जेड फोल्ड ८ अल्ट्रा ब्रान्डिङ प्रयोग गर्ने

  • Technology Khabar | १२ जेष्ठ २०८३, मंगलवार
सामसङले आफ्नो आगामी फोल्डेबल फोनहरूको लाइनको लागि ग्यालेक्सी जेड फोल्ड ८ र जेड फोल्ड ८ अल्ट्रा ब्रान्डिङ प्रयोग गर्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

सामसङले आफ्ना दुई आगामी फ्ल्यागशिप फोल्डेबल मोडेलहरूको नाम तय गरेको हुन सक्ने जानकारी बाहिरिएको छ। कम्पनीले तिनीहरूलाई ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा भन्ने योजना बनाएको साममोबाइलले बताएको छ।

ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा २०२५ को ग्यालेक्सी जेड फोल्ड ७ को प्रत्यक्ष उत्तराधिकारी हुनेछ भने ग्यालेक्सी जेड फोल्ड ८ नाम अफवाह र लीकमा देखा परेको वाइड (फराकिलो) मोडेलको हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

फोल्ड ८ एप्पलको फोल्डेबल आईफोन जस्तै र अल्ट्रा भन्दा वाइड (फराकिलो) र छोटो हुने अपेक्षा गरिएको छ। तर वाइडर (फराकिलो) फर्म फ्याक्टर केही सम्झौताको साथ आउने बताइएको छ। फोनले ग्यालेक्सी एस२५ एज जस्तै रियर क्यामराहरू मध्ये एकलाई छोड्ने थप उल्लेख गरिएको छ।

वाइड (फराकिलो) मोडेलको फोल्ड ८ नामकरण राम्रो निर्णय जस्तो देखिएको तर अधिक प्रिमियम फोल्ड ८ को लागि अल्ट्रा ब्रान्डिङले निस्सन्देह केही प्रश्नहरू उठाउने उल्लेख गरिएको छ।

सामसङको ग्यालेक्सी एस अल्ट्रा स्मार्टफोनहरूले एस पेन सपोर्ट र ३ह टेलिफोटो क्यामराको अतिरिक्त ५ह टेलिफोटो क्यामरा जस्ता सुविधाहरूसहित उच्च स्तर कायम गरेका छन्।

ग्यालेक्सी एस२६ अल्ट्राले ६० वाट वायर्ड र २५ वाट तर बिनाको चार्जिङका साथै विश्वको पहिलो प्राइभेसी स्क्रिन पनि थप्ने उल्लेख गरिएको छ।

फोल्ड ८ अल्ट्राले फोल्ड ७ र पुराना मोडेलहरूको तुलनामा केही स्वागतयोग्य सुधारहरू ल्याउने भनिएको छ भने डिभाइसमा ५,००० एमएएच ब्याट्री, ४५ वाट चार्जिङ र ५० मेगापिक्सेल अल्ट्रा–वाइड क्यामरा समावेश गरिने बताइएको छ।

तर प्राइभेसी स्क्रिन, एस पेन सपोर्ट, ६० वाट चार्जिङ, र थप शक्तिशाली जुम क्यामरा प्याकेजको हिस्सा हुने अपेक्षा नगरिएको हुनाले यसले अल्ट्रा शब्दको अर्थलाई कमजोर पार्ने जोखिम रहेको थप उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलको पहिलो फोल्डेबल फोन आईफोन अल्ट्राको रूपमा लन्च हुने हल्ला पनि रहेको छ। सामसङको नामकरण निर्णयमा त्यसको कुनै प्रभाव थियो कि थिएन भन्न गाह्रो भएको उल्लेख गरिएको छ।

सामसङले २०२० देखि आफ्नो ग्यालेक्सी एस लाइनको लागि अल्ट्रा नाम प्रयोग गर्दै आएको हुनाले कम्पनीले यहाँ एप्पलबाट कुनै संकेत लिइरहेको जस्तो नदेखिएको उल्लेख गरिएको छ।

ग्यालेक्सी जेड फोल्ड ८ लाइन, ग्यालेक्सी जेड फ्लिप ८ सँगसँगै जुलाई २२ मा सामसङको आगामी अनप्याक्ड कार्यक्रममा लन्च हुने अपेक्षा गरिएको छ। साथै सामसङले ग्यालेक्सी एस२६ सिरिसँग गरेको जस्तै गरी आफ्ना नयाँ फोल्डेबल डिभाइसहरूको मूल्य पनि बढाउन सक्छ।

प्रकाशित: १२ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...