बीओईले कम मूल्यको ग्यालेक्सी एस२७ सिरिज ओएलईडी प्यानलहरूको साथ सामसङलाई लोभ्याउँदै

  • Technology Khabar | ११ जेष्ठ २०८३, सोमबार
बीओईले कम मूल्यको ग्यालेक्सी एस२७ सिरिज ओएलईडी प्यानलहरूको साथ सामसङलाई लोभ्याउँदै

काठमाडौं ।

गत हप्ता कोरियाबाट बाहिर आएको एउटा रोचक रिपोर्टमा बीओईले ग्यालेक्सी एस२७ सिरिजको लागि सेकेण्डरी डिस्प्ले आपूर्तिकर्ताको रूपमा सामसङको आपूर्ति शृङ्खलामा प्रवेश गर्न सक्रिय रूपमा प्रयास गरिरहेको दाबी गरिएको थियो। जेडडीएनईटी कोरियाको नयाँ रिपोर्टले बीओईले सामसङलाई गरेको प्रस्ताव र सम्झौताको सम्भावित प्रभावहरू समावेश गर्दै यो विषयमा थप विवरणहरू साझा गरेकोछ।

सामसङको मोबाइल एक्सपिरियन्स (एमएक्स) डिभिजनले बीओईलाई ग्यालेक्सी एस२७ को लागि ओएलईडी प्यानलहरूको बारेमा विवरणहरू माग गरेको र एक महिना भन्दा बढी समयदेखि नमूनाहरूको मूल्याङ्कन गरिरहेको छ। उद्योग भित्रका अज्ञात व्यक्तिहरूका अनुसार बीओईले ग्यालेक्सी एस२७ ओएलईडी प्यानलहरूको आवश्यकताहरू पूरा गर्ने ट्रयाकमा रहेको र बीओईको बाटोमा कुनै ठूलो प्राविधिक कठिनाइहरू नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

बीओईले आफ्नो ओएलईडी प्यानलहरू सामसङ डिस्प्लेको भन्दा ५ अमेरिकी डलर कम (प्रति एकाइ) मूल्यमा प्रस्तुत गरेको उल्लेख गरिएको छ। आर्थिक दृष्टिकोणबाट यो कदम सामसङ एमएक्सको लागि अनुकूल हुने देखिएको भए तापनि सोही समयमा बीओई प्यानलहरूमा सर्दा डिस्प्ले डिभिजन र त्यसको कम्पोनेन्ट आपूर्तिकर्ताहरूको नाफासहितका सामसङ इलेक्ट्रोनिक्सको ओएलईडी इकोसिस्टममा बाधा पुग्ने चिन्ताहरू रहेका छन्।

सामसङले पहिले नै टीसीएल सीएसओटी जस्ता बाहिरी कम्पनीहरूबाट आफ्नो ग्यालेक्सी ए५७ को लागि ओएलईडी प्यानलहरू सोर्स गरिरहेको छ। तर ग्यालेक्सी एस सिरिजमा भने कहिल्यै पनि गैर–सामसङ प्यानलहरू प्रयोग नगरिएको बताइएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार