नियमविपरीत ‘राइड सेयरिङ’ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले एकैदिन सङ्कलन गर्यो १८ लाख ७६ हजार राजस्व

  • Technology Khabar | २५ बैशाख २०८३, शुक्रबार
नियमविपरीत ‘राइड सेयरिङ’ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले एकैदिन सङ्कलन गर्यो १८ लाख ७६ हजार राजस्व
सांकेतिक फाइल तस्बिर। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँच गर्दै। तस्विरः रासस।

काठमाडौं ।

बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार