लेगोले साना कन्ट्रोलरहरू सहितको सेगा जेनेसिस सेट जारी गर्दै

  • Technology Khabar | २२ बैशाख २०८३, मंगलवार
लेगोले साना कन्ट्रोलरहरू सहितको सेगा जेनेसिस सेट जारी गर्दै
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

लेगो र सेगाले अर्को महिना ‘लेगो सेगा जेनेसिस कन्सोल’ नामक नयाँ सेट आउने घोषणा गरेका छन्। ४० अमेरिकी डलर मूल्य रहेको यो मोडेल गेमिङ प्रणालीको थोरै स्केल–डाउन संस्करण भएको बताइएको छ।

साथै यो कन्सोललाई उत्तरी अमेरिकामा जेनेसिस ब्रान्डिङबाट चिनिने उल्लेख गरिएको छ भने जापान र अन्य क्षेत्रहरूमा मेगा ड्राइभ भनेर सार्वजकि गरिने विकल्प रहेको बताइएको छ।

लेगो सेगा जेनेसिस कन्सोल जुन १ देखि लेगोको अनलाइन र भौतिक स्टोरहरूबाट उपलब्ध हुनेछ।

कुल ४७९ टुक्राहरू समावेश रहेको सेटमा लगभग तीन इन्च चौडा दुईओटा छुट्याउन मिल्ने कन्ट्रोलरहरू पनि छन्। त्यसैगरी सेटमा सोनिक र टेल्स भएको नक्कली गेम काट्र्रिजको साथमा लुकेको सोनिक पोट्र्रेट सिर्जना गर्न सकिने ब्लकहरू पनि रहेका छन्। एक पटक एसेम्बल गरेपछि लेगो सेगा जेनेसिस कन्सोलको मापन लगभग १.५ इन्च अग्लो, ६ इन्च चौडा र ४.५ इन्च गहिरो हुनेछ।

विगत केही वर्षहरूमा जारी गरिएको लेगो गेम ब्वाय (कसैले वास्तवमा खेल्न योग्य हुने गरि परिमार्जन गरेको छ) र एनईएस समावेश रहेको लेगो गेम कन्सोलहरूको सिरिजमा यो पछिल्लो थप हुनेछ।

लेगोले केही समय अगाडि स्ट्यान्डअलोन सेगा जेनेसिस कन्ट्रोलरको लागि बिल्ड किट पनि जारी गरेको थियो र त्यसको बिक्री उल्लेखनिय भएको बताइएको छ। कन्सोल संस्करणसँग पनि त्यस्तै हुने सम्भावना रहेको इनग्याजेटले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार