
काठमाडौं ।
भिभो एस५० गत डिसेम्बरमा एस५० प्रो मिनी सँगसँगै अनावरण गरिएको थियो। भिभोले अब एस५०टी पनि घोषणा गरेको छ।
मूल एस५० को तुलनामा यो नयाँ मोडेलमा फरक कुरा भनेको “यूएफएस स्टोरेज” रहेको छ। एस५० ले यूएफएस ४.१ स्टोरेज प्रयोग गर्दछ भने एस५०टीमा पुरानो (र सस्तो) यूएफएस ३.१ समावेश गरिएको छ। यो बाहेक दुई ह्यान्डसेटहरूको अन्य सबै स्पेसिफिकेसन समान छन्।
त्यसैले एस५०टीमा एस५०को जस्तै १२०हर्ज रिफ्रेस रेट भएको ६.५९ इन्चको १२६०×२७५० एएमओएलईडी स्क्रिन रहेको छ। एस५०टीमा स्न्यापड्रागन ८एस जेन ३ एसओसी, १२÷१६जीबी र्याम, ५१२जीबी स्टोरेज समावेश गरिएको छ।
साथै फोनमा ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा, ३× अप्टिकल जुम र ओआईएस सहितको ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको सेल्फी स्न्यापर रहेको छ।
फोनमा ९०वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ६,५०० एमएएच ब्याट्रीको समावेश गरिएको छ।
एस५०टीको १२जीबी र्याम र ५१२जीबी स्टोरेजको मूल्य ३,१९९ चिनियाँ युआन (४६८ अमेरिकी डलर) छ भने १६जीबी र्याम र ५१२जीबी स्टोरेजको मूल्य ३,४९९ चिनियाँ युआन (५१२ अमेरिकी डलर) कायम गरिएको छ। साथै दुबै अवस्थामा, एस५०टी एस५० भन्दा १०० चिनियाँ युआन (१४ अमेरिकी डलर) सस्तो भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ बैशाख २०८३, मंगलवार