हिमालयन बैंक पनि कनेक्ट आइपीएस ई-पेमेन्ट प्रणालीमा

  • Technology Khabar | २२ जेष्ठ २०७६, बुधबार
हिमालयन बैंक पनि कनेक्ट आइपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस ई-पेमेन्ट connect IPS e-Payment प्रणालीमा कारोबार गर्ने बैकहरुमा हिमालयन बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराएको छ । अब हिमालयन बैंकका ग्राहकहरुले पनि यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्तगर्न सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी लगायतमा अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवा प्रदायकको ग्राहकहरुले कनेक्ट आइपीएस ई-पेमेन्ट छनौट गरी समेत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको बताईएको छ ।

कनेक्ट आइपीएस ईपेमेन्ट प्रणालीमा हाल सम्म ५६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • २२ जेष्ठ २०७६, बुधबार