अनलाईन जुवा वानएक्सबेट खेल्ने/खेलाउने १० जना सुनसरी प्रहरीको नियन्त्रणमा

  • Technology Khabar | १५ बैशाख २०८३, मंगलवार
अनलाईन जुवा वानएक्सबेट खेल्ने/खेलाउने १० जना सुनसरी प्रहरीको नियन्त्रणमा

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अनलाईन जुवा (1xbet) खेल्ने/खेलाउने मानिसहरुलाई नियन्त्रणमा लिएको छ।

बैशाख १४ गते राती २२:३० बजे धरान उप-महानगरपालिका वडा नं. १३ लक्ष्मी सडक स्थित मण्डला क्याफेमा अनलाईन जुवा (वानएक्सबेट) खेल्दै/खेलाउँदै गरेको भन्ने प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पिआईटीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १० जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १३ बस्ने हेमन राई, योगेश लिम्बु, मिलन लिम्बु, शुसान्त घिमिरे, कुमार तामाङ, विवेक थापा, वडा नं. १ मा बस्ने सुजित साह, वडा नं. १६मा बस्ने अशोक लिम्बु, वडा नं. १५ मा बस्ने भवानी दाहाल तथा वडा नं. १७ मा बस्ने प्रज्वल राई रहेका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए।

उनीहरुले अनलाईन जुवा (1xbet) खेल्दै / खेलाउँदै गरेको अवस्थामा फेला पारी निजहरुलाई निजहरुले प्रयोग गर्ने विभिन्न कम्पनिका १५ थान मोबाईल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ।

प्रकाशित: १५ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...