
काठमाडौं ।
कम्पनीको कोर अल्ट्रा सिरिज ३ प्रोसेसरहरू (कोडनेम प्यान्थर लेक) को हालैको सफल रिलीज पछि इन्टेलले कोर सिरिज ३ मा आफ्नो लो–इण्ड समकक्षहरू अनावरण गरिएको छ। यी सस्तो ल्यापटपहरूमा समावेश गरिने उद्देश्यले तयार पारिएको र इन्टेलले तिनीहरूलाई पाँच–वर्षीय अपग्रेड चक्रका उपभोक्ताहरूका साथै साना व्यवसायहरूमा लक्षित गरिरहेको बताएको छ।
कोर आई७–११८५जी७ द्वारा संचालित पाँच–वर्ष पुरानो पीसीको तुलनामा यी प्रोसेसरहरूले ४७ प्रतिशत राम्रो सिङ्गल–थ्रेड पर्फर्मेन्स (प्रदर्शन), ४१ प्रतिशत राम्रो मल्टि–थ्रेड पर्फर्मेन्स (प्रदर्शन) र २.८ गुणा राम्रो जीपीयू एआई पर्फर्मेन्स (प्रदर्शन) प्रदान गर्दछ। कोर सिरिज ३ एसकेयूहरू इन्टेलको १८ए प्रोसेस नोड प्रविधिमा निर्मित छन् र त्यसलाई इन्टेलले “अमेरिकामा विकसित र निर्मित सबैभन्दा उन्नत तर्क नोड” भनेर वर्णन गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
इन्टेलको पहिलो “हाइब्रिड एआई–रेडी कोर सिरिज प्रोसेसर” कोर सिरिज ३ ले ४० प्लेटफर्म टीओपीएस सम्मको एआई वर्कलोडहरूलाई समर्थन गर्दछ। कोर सिरिज ३ प्रोसेसरहरूले दुईओटा थन्डरबोल्ट ४ पोर्टहरू, ब्लुटुथ ६ र वाई(फाई ७ लाई समर्थन गर्दछन्। यी “अल(डे ब्याट्री लाइफको लागि डिजाइन गरिएका” छन् र अघिल्लो पुस्ताको कोर ७ १५०यू को तुलनामा ६४प्रतिशतसम्म “लोअर प्रोसेसर पावर” रहेको छ।
तिनीहरू धेरै चाँडै एसर, असुस, डेल, अनर, एचपी, इन्फिनिक्स, लेनोभो, एमएसआई, सामसङ, टेक्नो, विको र थप ७० भन्दा बढी ल्यापटप डिजाइनहरूमा देखा पर्नेछन्।
यी सबै एसकेयूहरूमा ६ कोरहरू रहेका छन् भने इन्ट्रि–लेभलमा ५ कोरहरू हुने गरेका छन्। तिनीहरूको पिक टर्बो फ्रिक्वेन्सीहरू ४.३ गिगाहर्ज देखि ४.८ गिगाहर्ज सम्मका छन्। साथै तिनीहरू सबैले उही ६एमबी स्मार्ट क्यास एलएलसी पाउँछन् र हाई–इण्ड मोडेलहरूमा राम्रो एनपीयू र राम्रो जीपीयूहरू हुनेछन्। तिनीहरू सबैले एलपी५÷एक्स ७४६७ र डीडीआर५ ६४०० मेमोरीलाई समर्थन गर्दछन् भने पहिलेको ४८जीबी सम्म र पछिल्लोको ६४जीबी सम्मको मेमोरी हुन्छ। सबैको लागि टीडीपी १५वाट र टर्बो टीडीपी ३५वाट रहने छ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार