गुगल जेमिनी एप अब म्याकमा उपलब्ध

  • Technology Khabar | ५ बैशाख २०८३, शनिबार
गुगल जेमिनी एप अब म्याकमा उपलब्ध

काठमाडौं ।

गुगलले म्याकओएसको लागि स्ट्यान्डअलोन जेमिनी एप जारी गरेको छ। एपले प्रयोगकर्ताको प्रणालीको जहाँबाट पनि पहुँच गर्न सकिने नेटिभ डेस्कटप अनुभव ल्याएको उल्लेख गरिएको छ।

अप्शन + स्पेस सर्टकट प्रयोग गरेर एपलाई द्रुत रूपमा बोलाउन सकिनेछ र त्यसले प्रयोगकर्ताहरूलाई एप वा विन्डोजहरू बीच स्विच नगरी जेमिनीसँग अन्तक्र्रिया गर्न अनुमति दिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

जेमिनी एपले अन–स्क्रिन कन्टेक्स्ट सेयरिङलाई पनि समर्थन गर्नुका साथै प्रयोगकर्ताहरूलाई कुनै पनि विन्डो सेयर (साझा) गर्न र सान्दर्भिक प्रतिक्रियाहरू प्राप्त गर्न दिनेछ। उदाहरणका लागि, प्रयोगकर्ताहरूले आफ्नो क्रोम ट्याब सेयर (साझा) गर्नुका साथै त्यसको कन्टेण्ट (सामग्रीहरू) को बारेमा प्रश्नहरू सोध्न सक्नेछन्। एपले प्रयोगकर्ताहरूलाई स्थानीय फाइलहरू अपलोड गर्न र अन्तक्र्रिया गर्न अनुमति पनि दिनेछ।

म्याकओएसको लागि जेमिनी एपले नानो बनाना मार्फत द्रुत रुपमा तस्बिर सिर्जना र भिओ प्रयोग गरेर भिडियो उत्पादनलाई पनि समर्थन गर्दछ। प्रयोगकर्ताहरूले सर्टकट प्रयोग गरेर जेमिनी खोल्न सक्नेछन् र प्रम्प्ट इन्टिर गर्नु अघि ‘क्रियट ईमेज’ वा ‘क्रियट भिडियो’ छनौट गरि ‘+’ बटन ट्याप गर्न सक्नेछन्।

त्यसैगरी एप म्याकओएस संस्करण १५ र माथि उपलब्ध हुने उल्लेख गरिएको छ।

प्रकाशित: ५ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ५ बैशाख २०८३, शनिबार