
काठमाडौं ।
वर्षौंदेखि दराजमा राखिएका पुराना एचडीएमआई केबलहरूको अझै पनि ठूलो मूल्य रहेको र तिनीहरूलाई कुनै समस्या बिना आधुनिक डिभाइसहरूसँग पनि प्रयोग गर्न सकिने बताइएको छ।
धेरैजसो घरेलु डिभाइसहरूलाई यति उच्च डाटा प्रसारण गति आवश्यक नपर्ने भए तापनि नयाँ एचडीएमआई २.१ स्ट्याण्डर्ड हालको लागि बजारमा उपलब्ध सबैभन्दा छिटो भएको टेलीग्राफले रिपोर्ट गरेको छ।
महँगो नयाँ केबलहरू किन्न निर्णय गर्नु अघि २०१३ तिरको पुरानो मोडेलले पनि ईमेज क्वालिटी (तस्बिर गुणस्तर) नगुमाई काम गर्छ कि गर्दैन भनेर जाँच गर्न आग्रह गरिएको छ।
पुराना एचडीएमआई केबलहरूले प्लेस्टेशन ४ र एक्सबक्स वान जस्ता पुराना कन्सोलहरूका साथै पीएस३ जस्ता डिभाइसहरूसँग पनि राम्रोसँग काम गर्दछन् भने त्यसका लागि पुरानो र नयाँ केबलहरू बीच कुनै उल्लेखनीय भिन्नता नभएको उल्लेख गरिएको छ।
एचडीएमआई २.० स्ट्याण्डर्डले ६० एफपीएसमा फोरके तस्बिरहरू प्रदर्शन गर्न सक्ने र यो अघिल्लो पुस्ताको धेरैजस्तो डिभाइसहरूको लागि पर्याप्त हुने बताइएको छ।
फोरके ब्लु–रे गेम्स (खेलहरू) का साथै अन्य साधारण डिभाइसहरूको लागि पनि यही कुरा लागू हुने र तिनीहरुलाई अत्यधिक डाटा गति आवश्यक नपर्ने उल्लेख गरिएको छ। साथै नयाँ डिभाइसहरूसँग पुरानो केबल प्रयोग गर्दा तस्बिर अझै पनि स्पष्ट र सार्प हुने बताइएको छ।
ईएआरसी फङ्गसन मार्फत बढी प्रसारण क्षमता चाहिने उन्नत अडियो प्रणाली वा साउन्डबार प्रयोग गर्नको लागि भने नयाँ एचडीएमआई २.१ केबलहरूमा स्तरोन्नति गर्नु पर्ने र यी कुरा पुराना केबलहरूले राम्रो रूपमा प्रदान गर्न नसक्ने छ।
प्रकाशित: २८ चैत्र २०८२, शनिबार